चिकित्सकले गरे टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया

 

जेरुसेलम । इजरेलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन्  । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न  चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो । 

बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौंदेखि तयारी गरिएको थियो । शल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरु संलग्न थिए । शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।

शल्यक्रियापछि दुबै बालिकाको अवस्था सामान्य छ । ‘उनीहरुले आफै खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सोरोका प्लाष्टिक सर्जरी विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भने । 

इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० ओटा शल्यक्रिया भइसकेका छन् । 

शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरुको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो । खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो । टाउको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन