बढ्दो गर्मीसँगै चारैतिर फलको राजा तथा शास्त्रीय अमृत फल, आयुर्वेदीय औषधि आँपकै चर्चा र बाहुल्यता छ । करिब २५ प्रकारका केरोटेन्वाइडस, म्यागोफेरिल, प्रोटिन, बोसो, खनिज पदार्थ, काब्र्राेहाइड्रेट, क्यालसिम, फस्फोरस, फलाम, भिटामिन ए, सी र बी भएको आँपले शीतलता दिने र लु लाग्नबाट जोगाउँछ, बलबद्र्धक, धातुबद्र्धकको काम गर्छ ।
फलको राजा भनेर चिनिने आँप आजकल मौसममा मात्र नभई हरेक महिना फलफूल पसलमा पाइने गरेका छन् । आँप मात्र होइन केरा, स्याउ, मौसमलगायतका ताजा तथा मौसमी भनिने फलफूल बजारमा जुनसुकै मौसममा देखिने गरेका छन् । बेमौसममा यस्ता फलफूल पाइँदा र किनेर स्वास्थ्यका लागि खाँदा तथा खुवाउँदा कतै स्वास्थ्य बिगार्न हामीहरू फलफूल किन्दै त छैनौं भन्ने डर सबैमा आउँछ र हुनुपर्छ पनि । रुखमै पाकेको फल अझ भन्नुपर्दा मौसममा मात्र मौसमी फलफूल पाउन छोडेर सदाबहार फलफूल भइसकेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष ४० लाखभन्दा बढी व्यक्ति विषादीका कारण बिरामी हुन्छन् र ५ लाख बढीको मृत्यु हुनेगर्छ । नेपालमा ४० देखि ५० करोडको विषादी आयात हुन्छ ।
कार्बाइड घर पोत्ने चुनजस्तो सेतो र ढुंगाजस्तै अत्यन्त कडा तत्व हो, जसमा अक्सिजन मिसिएपछि ताप उत्पन्न हुन्छ र हातले छुँदा फोका उठ्छ, घाममा राख्दा विषालु ग्यास उत्पन्न हुन्छ
कार्बाइडले पाकेका फलफूल
नियन्त्रित तापक्रममा राख्न र हानिकारक नभएको रसायन इथेफोन प्रयोग गर्न खर्चिलो भएकाले चाँडो बेचेर छिटो धनी हुन सस्ता, हानिकारक रसायन क्याल्सियम कार्बाइडद्वारा फलफूल पकाउँछन् जसमा एसिटिलिन, आर्सेनिक, फस्फोरस जस्ता हानिकारक तत्वहरू भएकाले मानवस्वास्थ्यलाई नकारात्मक असर पार्दछ । राम्रो र ताजा फलफूल बनाउन नोभान, मेटासिक्स र छिटो पकाउन इथिलिन, इथाफोन नामक रसायन मिसाइन्छ ।
किलोको सय पर्ने कार्बाइड चीन, ताइवान र दक्षिण अफ्रिकाबाट भारत हुँदै आयात गरिन्छ । कार्बाइड घर पोत्ने चुन जस्तो सेतो र ढुंगा जस्तै अत्यन्त कडा तत्व हो जसमा अक्सिजन मिसिएपछि ताप उत्पन्न हुन्छ, हातले छुँदा फोका उठ्छ, घाममा राख्दा विषालु ग्यास उत्पन्न हुन्छ । फलफूलमा भएको आद्रता वा पानीले रसायनिक प्रतिक्रिया भई आर्सेनिक र एसिटाइलिन ग्यास उत्पन्न हुन्छ र एसिटाइलिन र अक्सिजनको मिसावटबाट २ हजार डिग्री सेन्टिग्रेडको आगो बनाई पाक्ने क्रियालाई तीव्र बनाउँछ र एकदिनमै आँप, केरा पकाउँछ जसले गर्दा दैनिक उपत्यका भित्रिने दर्जनौं ट्रक वा सयौं टन काँचो आँप, केरा जस्ता फलफूल एक दिनमै पकाएर पसल पसलमा पु¥याई बेचिन्छ ।
मनै लोभ्याउने पहेंला केरा, मेवा, अम्बा, आँप, भँुइकटहर एकैनासले छिटो पकाउन कार्बाइड रसायन प्रयोग गरिँदै छ । जबरजस्ती पकाइएको फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै पौष्टिक तत्व पनि कम हुन्छ । नियमित खाँदा मुखमा घाउ, वाकवाकी आउने, वान्ता हुने, ज्वरो आउने, टाइफाइड हुने, जिउ दुख्ने, झाडापखाला लाग्ने, ग्यास्टिक पेटसम्बन्धी गम्भीर समस्या र कहिलेकाँही फुड प्वाइजनिङ समेत हुन सक्छ । आलस्यपन, कमजोरी उत्पन्न गर्छ । माशंपेसी दुखाउँछ । फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले पाकेका फलफूलमा फस्फोरस, आर्सेनिक, न्यून फ्रुक्टोज तथा कम पोषण खाँदा क्यान्सरसम्म हुन सक्ने भएकाले अत्यन्त खतरनाक छ । फलफूलमा मिसाइने रसायनले चिलाउने, चहराउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिगंटा, झाडापखाला, फुड प्याईजनिङ, ब्लड क्यान्सर, अपांगता, सुस्त मनस्थिति, प्रजनन क्षमतामा कमी, गलगाँड, मिर्गौलामा समस्या निम्त्याउँछ ।
नियन्त्रित तापक्रममा राख्न र हानिकारक नभएको रसायन इथेफोन प्रयोग गर्न खर्चिलो भएकाले चाँडो बेचेर छिटो धनी हुन सस्ता, हानिकारक रसायन क्याल्सियम कार्बाइडद्वारा फलफूल पकाउँछन्
मस्तिष्कमा असर पारी टाउको दुख्ने, रिगंटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक द्विविधा हुने, सेरेब्रममा पानी जम्ने र पक्षाघात समेत हुने सम्भावना रहन्छ । यस्ता तरकारी, फलफूल खाँदा शरीरमा विषादी प्रवेश गरेपछि ग्यास्टिक बढ्ने, पेट टाउको दुख्ने, पखाला लाग्ने, वाकवाकी, थकाइ, शरीरमा आलस्य, काम्ने, रिगंटा लागेर बेहोस हुने, मानिस ढल्ने हुन्छ । धेरैमा तत्काल असर नपरे पनि लामो समयपछि फोक्सोमा, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ लुलो लंगडो, क्यान्सर जस्ता दीर्घकालीन असर देखापर्दछ । अत्यधिक प्रयोगले मधुमेह, उच्च रक्तचाप, पक्षाघात, मुटुरोग, पत्थरी र क्यान्सरले आक्रान्त पार्दछ ।
विषादीको मात्रा बढी भएका तरकारी तथा फलफूल नपखाली सेवन गर्दा वाकवाकी लाग्ने, टाउको दुख्ने, आँखामा समस्या, छाला पोल्ने, रिगंटा लाग्ने, पसिना आउने, थकाई लागेको महसुस हुने, फुड प्वाइजन र पखाला लाग्ने लक्षण देखापर्दछन् । क्यान्सर, नपुंसकता, रोगविरूद्धको प्रतिरोध क्षमतामा ह्रास, मिर्गौला र कलेजो बिग्रने, ट्युमर हुने, गर्भ तुहिने, पक्षाघात, दीर्घकालीन समस्या देखिन सक्छन् । नेपालमा प्रतिहेक्टर १ सय ४२ ग्राम विषादि प्रयोग हुँदा पनि सचेतना र मानवीय समवेदना नहुँदा यस्तो आतंक छ । जब कि कोरियाप्रति हेक्टर १६ किलो विषादी खपत भए पनि सचेतनाका कारण बजारमा उपलब्ध तरकारी र फलफूलमा विषादी पाइँदैन ।
जर्नल अफ इमर्जेन्सी मेडिसिनमा प्रकासित अध्ययनमा कार्बाइड हाली पकाइएका फलफूलमा आर्सेनिक र फस्फोरस पाइन्छ । एसीटाइलिनले स्नायु प्रणालीमा प्रभाव पार्दै टाउको दुखाइ, कुनै काममा मन नलाग्ने, बेचैनी, स्मरण क्षमतामा कमी, बढी निन्द्रा, अप्ठ्यारो अनुभव जस्ता असर पनि हुने देखाएको छ । मुटु, कलेजो र मस्तिष्कमा पनि असर पारेको पाइएको छ । रसायनद्वारा पकाएको आँप, केरालगायतका फलफूल खाँदा होस पु-याउनैपर्छ । विषादीलाई प्रायः कृषक तथा व्यापारीहरू अज्ञानताका कारण औषधि मानी जथाभाबी प्रयोग गर्छन् । बिहान विषदी छर्केर बेलुका नहुँदै वा ढिलोमा भोलि बजारमा बेच्छन्, खान्छन् । त्यसो त माछा र अन्य जगंली जनावर मार्न पनि कयौं विषादी प्रयोग भइरहेछ । केही त फलफूल र तरकारी टिपी विषादीको घोलमा डुबाएर बेच्ने समेत गरेको पाइन्छ ।
रसायनको निदान
सामान्यत फलफूल बेमौसममा पाइन्छ । फलफूलमा एकै नासको तर फरक फरक आकर्षक रंग देखिन्छ, टल्किन्छ । फलफूलमा कालो थोप्ला, कुनै भाग गलेकोे, कुनै भाग साह्रो भएको, बाहिर पहेंलो तरभित्र काँचो भएको हुन्छ । स्वाद खल्लो, मधुरो वा बिग्रेको तथा छाम्दा रस नभरिए जस्तो, कतै गिलिक्क र कतै साह्रो, फलमा गिर्खा भेटिए कार्बाइडले पकाएको हुन्छ । पाकेका बम्बई, मालदाह जस्ता आँप हरियो हुनुपर्नेमा पहेलै हुन्छ । घरमा राखेको २÷३ दिनपछि फलफूलको बोक्रामा कालो रंग धब्बा देखिए रसायनद्वारा पकाइएको फल ठहर्दछ ।
विषादिको असरबाट बचाउ
भन्दै आएको तथ्यमा सय ग्राम पानीमा २ प्रतिशत नुन राखेर १५ मिनेट तरकारी तथा फलफूल डुबाउँदा ७० प्रतिशत बिषादी नष्ट हुन्छ । त्यस्तै कागती पानीमा ३० मिनेट डुबाउँदा ९० प्रतिशत बिषादी कम हुनसक्छ । बोक्रा फालेर ३÷४ पटक सफा पानीले पखालेर खाने गर्दा पनि विषाक्तबाट मुक्त हुन सकिन्छ । फलफूल खानुअघि सफा पानीले राम्ररी धुनुपर्दछ । धारामा केही मिनेट भिजाउँदा बोक्राको रसायन पानीले पखालिन्छ र ८ घण्टा पानीमा भिजाए रसायन हराउन सक्छ ।
आँप र स्याउलाई चना पारेर खानुपर्छ । सबैभन्दा राम्रो त बेमौसमी वा समय अगावैका तरकारी, साग, फलफूल नखानु नै बेस हुन्छ ।
अन्त्यमा, खाद्य ऐन २०२९ ले काबाईड प्रयोगमा बन्देज छ, नियम कानुन तथा नियमावली पनि थुप्रै छन, गुणस्तरहीन फलफूल बिक्री गरेमा हजारांै रुपैयाँको जरिमाना र केही वर्षसम्मको सजाय गुणस्तरसम्बन्धी नियम, कानुन, निर्देशिका र नियमावलीमा छन् । जीवननाशक विषादी नियमावली २०५० को दफा १५ मा प्रतिबन्धित रसायन, विषादी बिक्री गरे २ देखि ५ हजार जरिमाना वा लाइसेन्स खारेजी गर्न सकिने उल्लेख छ तथापि हरेक नेपाली जन्मेदेखि मृत्युपर्यन्त हरेक स्थान र पाइलामा यस्ता विषाक्त रसायनको संसर्गमा रहँदा पनि सजाय हालसम्म कसैले केही पाएको देखिँदैन र सुनिँदैन पनि ।
नेपालको यथार्थतामा कानुन माने वा त्यहीअनुसार गरे त कोही यता उता अर्थात् सोर्सफोर्स नभएको निरीह नागरिक मानिन्छ । यस्ता गैरकानुनी व्यवसायले दिन दुई गुणा रात चौगुणा फस्टाउने मौका मुलुकमा भइरहेकाले सबै तह र तप्काका नागरिक हरेक स्थान र पाइलामा सचेत भई खाद्यपदार्थमा विषादी तथा रसायन प्रयोगमा बन्देज व्यवहारतः लागू गर्न र गराउन एकजुट हुनैपर्छ ।






