नागरिकमा बिमाको पहुँच

राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलिसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाको पनि समावेश गरिएको छ । बिमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बिमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षमा नागरिकमा बिमासम्बन्धी ज्ञान बढेको हुनाले बिमाप्रति मानिस उत्साहित भएको देखिन्छ । हाल देशमा १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेका छन् । विभिन्न बिमा कम्पनीले ३ हजार २ सय ७९ वटा कार्यालयमार्फत बिमा सेवा दिँदै आएका छन् । जेठ मसान्तसम्म जीवन बिमा र निर्जीवन बिमाअन्तर्गत ९० अर्ब रूपैयाँ जम्मा गरेको बिमा समितिले जनाएको छ ।

बिमा विभिन्न प्रशिक्षण तथा प्रचारप्रसार बढाइएकाले बिमा कार्यक्रममा नागरिकको सहभागिता बढ्न गएको छ

पछिल्ला वर्षमा बिमासम्बन्धी चेतना विस्तार गर्न विभिन्न प्रशिक्षण तथा प्रचारप्रसार बढाइएकाले बिमा कार्यक्रममा नागरिकको सहभागिता बढेको देखिन्छ । यही क्रमले बिमा गर्नेको मात्रा बढेमा आगामी वर्षमा ४० प्रतिशत पुग्ने अनुमान गरिएको छ । बिमा क्षेत्रको दायरा विस्तार गर्न हरेक प्रदेशमा प्रादेशिक कार्यालय खोल्ने तयारी पनि बिमा समितिले गरेको छ । पहिलो चरणमा मधेस, कर्णाली र ७ नम्बर प्रदेशमा कार्यालय खोल्ने नीति लिइएको छ । बिमा समितिका अनुसार कोरोना बिमाअन्तर्गत कम्पनीहरूले १० अर्ब ५० करोड रकम दिन बाँकी रहेको छ । यसलाई हेर्दा १ लाख ५ हजार बिमितले अझै भुक्तानी पाएका छैनन् । बिमाको धेरै फाइदा पनि रहेका छन् । यसबाट बचत गर्ने बानीको विकास हुन्छ भने परेको बखतमा सुलभ ब्याजदरमा श्रृणसमेत लिन पाइन्छ ।

हरेक हिसाबले बिमाको योजनामा सहभागी रहनु सकारात्मक देखिन्छ । आर्थिक विकासमा बिमा व्यवसायले खेलेको भूमिकालाई दुई कोणबाट हेर्न सकिन्छ । ती छन् ः जीवन बिमा र निर्जीवन बिमा । जीवन बिमाको कोणबाट नियाल्दा बिमा व्यवसायले व्यक्ति वा परिवारको बिमित व्यक्तिको मृत्यु भएमा उसलाई बिमा लेखमा उल्लेख भएअनुसारको क्षतिपूर्ति उपलब्ध गराउँछ, जसबाट बाँकी परिवारले जीवनयापनका लागि केही स्रोत पाउँछन् । यो जीवन बिमाको पहिलो प्रभाव हो । दोस्रो, बिमित व्यक्तिको असामयिक निधन नभएमा बिमालेख परिपक्व हुनासाथ बिमित व्यक्तिले बिमालेखमा उल्लेख भएअनुसारको रकम एकमुष्ट प्राप्त गर्न सक्छ । जुन रकमले बिमित व्यक्तिले धेरै कार्य गर्न सक्छ । तेस्रो, जीवन बिमा गर्दा व्यक्तिले प्रिमियम दाखिला गर्नुपर्ने भएकाले अनिवार्य रूपमा बचत गर्ने बानीको विकास हुन्छ । चौथो, जीवन बिमा गरिएको छ भने बिमालेख धितोमा राखेर कर्जासमेत लिन सकिन्छ । यसले सानासाना आर्थिक आवश्यकता पूरा गर्न सहयोग गर्छ । पाँचांै, स्वास्थ्य बिमा गरिएको छ भने बिरामी पर्दा आइलाग्ने धेरै खर्चबाट व्यक्तिलाई पर्ने आर्थिक भार कम हुन्छ ।

छैटौं, जीवन बिमा गर्नु सभ्यता, आधुनिकता र दूरदर्शिताको प्रतीकसमेत हो । जीवन बिमा गर्ने व्यक्तिको समाजमा पृथक र सम्मानजनक स्थान रहन्छ । यसले सामाजिक प्रतिष्ठा वृद्धि गराउँछ । व्यावसायिक जीवनमा बिमाको अझ ठूलो महत्व रहेको छ । निर्जीवन बिमाले व्यवसायीलाई हुने आकस्मिक वित्तीय जोखिमबाट जोगाउँछ । उदाहरणका लागि अग्नि र तारा एयरलाइन्सको २०६७ सालमा भएको दुर्घटनामा ती विमानको बिमा नगरिएको भए दुवै एयरलाइन्स आर्थिक रूपले संकटग्रस्त भइसक्थे । त्यसैले, व्यावसायिक जीवनमा बिमाको पहिलो महत्व यसले व्यवसायलाई भविष्यमा पर्नसक्ने सम्भावित आर्थिक जोखिमको प्रभावबाट जोगाउँछ । दोस्रो, बिमा गरेपछि कतिपय आर्थिक जोखिम कम भएपछि व्यवसायीले तनावरहित भई कार्य गर्न पाउँछ, जसबाट उत्पादकत्वमा सकारात्मक प्रभाव पर्न गई आर्थिक क्रियाकलाप विस्तार हुन्छ । तेस्रो, बिमा व्यवसायले कृषि उद्योग खनिज आदि दुवै क्षेत्रको जोखिम कम गर्न सहयोग गर्छ ।

अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, बिमा समिति र धितोपत्र बोर्डबीच समन्वय अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन सकेको छैन

जसबाट लगानीकर्ता आकर्षित भई पँुजी वृद्धि हुन जान्छ । चौथो, अर्थतन्त्रमा बिमा व्यवसाय बढ्दै गएमा अप्रत्यक्ष रूपमा उपभोग कटौती भई राष्ट्रिय बचतको भाग पनि बढछ जुन, नेपालजस्तो अल्पविकसित देशका लागि अति नै जरुरी देखिन्छ । पाचांै, अर्थतन्त्रमा लगानीमैत्री वातावरण सिर्जना गर्न औद्योगिक श्रमसम्बन्ध, सरकारी नीति, कच्चा पदार्थको उपलब्धता र बजारको पहुँचजस्ता विविध तत्वको आवश्यकता पर्छ । लगानीमैत्री वातावरणको अर्को पूर्वशर्त भनेको उपयुक्त मात्रामा अर्थतन्त्रमा बिमा व्यवसायको विकास हुनु पनि एक हो । त्यसैले, बिमा व्यवसायले अर्थतन्त्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग गर्छ । नेपाली अर्थतन्त्र दोधारे चरित्रको रहेको छ । सहर, बजार, संस्थागत क्षेत्र र औद्योगिक गतिविधिबाट टाढा रहेको ग्रामीण र कृषि क्षेत्र पनि नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण अंग हो । यस क्षेत्रमा सञ्चालित सानासाना व्यवसाय पसल, उद्यम, कृषि घरेलु व्यवसाय, पशुपालन कुटिर उद्योग व्यावसायिक कृषि आदि कार्यमा हुने जोखिमको बिमा गर्ने प्रचलन प्रभावकारी रूपमा भएको छैन ।

यो लघुबिमा व्यवसायलाई विकसित गर्न पनि आगामी दिनमा नीतिगत निकायले ध्यान दिनु जरुरी देखिन्छ । बिमा कम्पनी र ग्राहकबीच प्रत्यक्ष रूपले बाक्लो भेटघाट हुँदैन । यी दुवै पक्षबीचमा बिमा अभिकर्ताले समन्वय गरेका हुन्छन् । जसलाई व्यावहारिक प्रचलनमा एजेन्ट भन्ने गरिन्छ । यी बिमा एजेन्टलाई व्यक्तिगत र संस्थागत एजेन्ट गरी दुई भागमा विभाजन गरिन्छ । संस्थागत एजेन्टलाई पनि बैंक एजेन्ट र अन्य एजेन्ट गरी दुई भागमा राखिन्छ । बंैक तथा वित्तीय संस्थाहरूले बिमाको एजेन्टका रूपमा कार्य गरेर बिमा सेवा उपलब्ध गराउने कार्यलाई बैंक बिमा भनिन्छ । नेपालमा बैंक बिमाको मात्रा भने अत्यन्तै कम रहेको अवस्था छ । यसलाई बढाउनका लागि आवश्यक नीति र कार्यक्रम बनाउनुपर्ने खाँचो रहेको छ । हाल देशमा कतिपय सहकारी संस्था, गैरसरकारी संस्था र बचत तथा कर्जाको काम गर्ने अर्धसंगठित संस्थाले बिमा समितिबाट इजाजत नलिई बिमा कारोबार गरिरहेका छन् ।

यो ज्यादा ठूलो जोखिमपूर्ण कार्यसमेत हो । प्रचलित कम्पनी व्यवस्थाअनुसार बिमा समितिको इजाजत नलिई बिमा सम्बन्धित व्यवसाय सञ्चालन गर्न मिल्दैन । अतः यस चुनौतीलाई सच्याउन पनि आवश्यक नीतिको व्यवस्था हुनु जरुरी देखिन्छ । नेपालमा बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समिति हो । तर, हालको अवस्थामा बिमा व्यवसायको बढ्दो चुनौतीसँग जुध्न बिमा समितिलाई आवश्यक अधिकार उपलब्ध भएको देखिँदैन । त्यसैले, बिमा समितिको नाम नै परिवर्तन गरेर नेपाल बिमा प्राधिकरण राखेर यसलाई राष्ट्र बैंकजस्तै शक्तिशाली नियमनकारी निकाय बनाउनुपर्छ । यसो भएमा बिमा व्यवसायको क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न सकिन्छ । बिमा क्षेत्रमा व्यवस्थापकीय तहको जनशक्ति उचित मात्रामा उपलब्ध नहुनु यस क्षेत्रको अर्को समस्या हो ।

यस समस्यालाई हल गर्न राष्ट्रियस्तरको बिमा प्रशिक्षण केन्द्र स्थापना गर्नुका साथै क्षेत्रीयस्तरमा समेत घुम्ती तालिम सञ्चालन गर्नुपर्छ । नेपालका विश्वविद्यालयका स्नातक तहका लागि बिमा विषयलाई उचित स्थान दिएर समावेश गर्दै स्नातकोत्तर तहमा बिमा विषयका अध्ययन अध्यापन हुने प्रबन्ध मिलाई यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक दक्षता बढाउन प्रभावकारी व्यवस्था मिलाउँदै जानुपर्छ । यसका साथै, विद्यालय तहको पाठ्यक्रममा पनि बिमा’bout पाठ समावेश गरी पठनपाठन हुनुपर्छ । विश्वव्यापार संगठनको सदस्यको नाताले सन् २०१० जनवरीदेखि नेपालले सेवा क्षेत्रमा उदारीकरणको नीति अवलम्बन गरेको छ ।

यस प्रावधानले गर्दा भविष्यमा विदेशी बिमा कम्पनीका शाखा नेपालमा पनि स्थापना हुन सक्छन् । बिमा क्षेत्रका समस्यालाई समाधान गर्न वस्तुपरक विकल्पको खोजी गर्नुपर्छ । नेपालमा बिमा व्यवसायको प्रभावकारिता बढाउनका लागि यस क्षेत्रमा रहेका थप समयाको पहिचान गर्नुपर्छ । बिमा अभिकर्तालाई उचित तालिमको प्रबन्ध नहुनु, बिमा सेवा शुल्क महंगो हुनु, बिमासम्बन्धी नागरिकमा चेतना कम हुनु, स्वास्थ्य बिमाको विस्तार नहुनु, नीतिगत निकाय खासगरी अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग बिमा समिति र धितोपत्र बोर्डबीचमा समन्वय अभावमा प्रभावकारी कार्य सम्पादन हुन सकेका छैनन

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

बिजुली पानीको भुक्तानीको लागि मौलापुरका स्थानीय आन्दोलित