जोर्नी फुस्किने समस्याबाट ग्रस्त उप्रेतीले पाए नयाँ जीवन

काठमाडौं । काठमाडौं बानेश्वर निवासी ४० वर्षीय सागर उप्रेती पाखुराको जोर्नी फुस्किने समस्याबाट लामो समयदेखि पीडित थिए । १२ वर्षको अवधिमा उनले यो समस्या १०, २० पटक होइन, एक सयभन्दा बढीपटक झेले । जोर्नी फुस्किएपछि स्वास्थ्यकेन्द्र जानु र तानतुन पारेर मिलाएपछि काममा जानु उनको ‘रुटिन’ नै भइसकेको थियो ।

तर, पछिल्ला केही महिनादेखि समस्या निकै बढ्न थाल्यो । सुत्नेबेला कोल्टे फर्किंदासमेत पाखुराको जोर्नी फुस्किन थाल्यो । त्यसपछि उनी ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजको सेन्टर फर एडभान्स्ड आथ्र्रोस्कोपी एन्ड स्पोर्ट्स मेडिसिनको सम्पर्कमा पुगे । त्यहाँ पुग्नु नै उनको जीवनको लागि वरदान सावित हुन पुग्यो । पहिला तानतुन पारेर फुस्किएको जोर्नी मिलाउँदै आएका उप्रेतीको समस्या भने अहिले स्थायी रूपमै समाधान भएको छ । यसले उनलाई नयाँ जीवन पाएको अनुभूति गराएको छ ।

यसको श्रेय भने नेपालका वरिष्ठ एवं अब्बल आथ्र्रोस्कोपिक एन्ड स्पोर्ट्स सर्जन प्राडा अमित जोशी नेतृत्वको टोलीलाई जान्छ । टोलीमा डा. श्रीराज श्रेष्ठ र डा. सौरभ दाहाल छन् ।

किष्ट अस्पतालले नेपालमै अहिलेसम्म नभएको कन्ग्रुअन्ट आर्क ल्याटार्जेट प्रसिड्युर अप्रेसनबाट उनको सफल शल्यक्रिया गरेको हो

उप्रेती आफ्नो समस्या लिएर आएपछि डा. जोशीको टिमले एक्सरे, सीटी स्क्यान र एमआरआईको सहायताले उनको पाखुराको जाँच गरेको थियो । जाँचका क्रममा जोर्नीको ग्लेनोइड भन्ने भागमा ठूलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केही मात्रामा हड्डी नभएको पाइएको थियो ।

चिकित्सकका अनुसार पाखुराको जोर्नी फुस्किने समस्या एक अर्थोपेडिक इमरजेन्सी हो । धेरैपटक फुस्किरहने गर्दा हड्डी धस्ने हुन्छ । तर, उप्रेतीमा यो मात्रा निकै धेरै पाइएको थियो । डा. जोशीको टिमले रिकरेन्ट सोल्डर डिस्लोकेसनमा गरिने अरू अप्रेसनजस्तै आथ्र्रोस्कोपिक ब्यान्कार्ट रिपेयर र ल्याटार्जेट प्रसिड्युर मात्र गरेर उप्रेतीको समस्या समाधान नहुने निष्कर्ष निकाल्यो । त्यसपछि टिमले नेपालमै अहिलेसम्म नभएको कन्ग्रुअन्ट आर्क ल्याटार्जेट प्रसिड्युर अप्रेसन गर्ने निर्णय लियो । गत १० असारमा अप्रेसन सफलतापूर्वक सम्पन्न पनि भयो ।

यो अप्रेसनमा कुमको कोराक्वाइड भन्ने हड्डीको टुक्रालाई ल्याएर जोर्नीनजिकै टिटानियम स्क्रुका मद्दतले फिक्स गरिन्छ जसले गर्दा फेरि जोर्नी फुस्किँदैन ।

अप्रेसन सफलतापूर्वक सम्पन्न भएपछि खुसी साट्दै किस्ट अस्पतालले भनेको छ, ‘किस्ट मेडिकल कलेजमा नियमित रूपमा डा. जोशीको टिमले घुँडा, पाखुरा तथा गोलीगाँठोको स्पोर्ट्स इन्जुरी र आथ्र्रोस्कोपीको धेरै मात्रामा अप्रेसन गरिसकेको छ । तर, यति धेरै संख्यामा पाखुराको हड्डी धसेको बिरामी कमै हुने भएकाले नेपालमा पहिले कहिल्यै नभएको यो अप्रेसन गर्ने मौका पाएकोमा टिम सन्तुष्ट छ ।’

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता