रोमान्चक जित सहित इंग्ल्यान्ड सेमिफाइनलमा

लन्डन । प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो ।

अब, सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासंग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार