काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्न खोजेका प्रचण्डलाई गठबन्धनले अघि नसारेपछि अन्ततः त्यो गठबन्धन फुटेको छ ।
प्रधानमन्त्री बन्ने दौडमा रहेका प्रचण्डले पटकपटक गठबन्धनसहित साना दलका नेतालाई भेटेर यस’boutमा छलफल गर्दै आएका थिए । तर, कांग्रेस सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीमा पार्टीको दाबी गरेपछि प्रचण्ड गठबन्धनबाट बाहिरिएका हुन् । गठबन्धनमा देउवा र प्रचण्डले अढाई अढाई वर्ष प्रधानमन्त्री हुने र अन्य महत्वपूर्ण पदाधिकारीमा भागबन्डा गर्ने लगभग टुंगिसकेको थियो । तर, पहिलो कार्यकालमा को प्रधानमन्त्री हुने विवादका कारण गठबन्धन अन्ततः फुटेको हो । देउवा र प्रचण्ड दुवै पहिलो चरणमा प्रधानमन्त्री हुने अडानमा थिए ।
निर्वाचनलगतै एमाले अध्यक्ष ओलीले बधाई तथा शुभकामना दिँदै प्रचण्डलाई अगामी दिनमा मिलेर जान प्रस्ताव गरेका थिए । त्यसपछि दुवै पार्टीका अन्य नेताबीच यहीबीचमा छलफल बाक्लो हँुदै गएको थियो । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई भेटेर प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने तथा अन्य महत्वपूर्ण पदमा भागबन्डा गरेर टुग्याउने प्रस्ताव गरेका थिए । सो प्रस्ताव आउनुअघि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष ओलीले सरकार गठन’bout छलफल गरेका थिए ।
यीबाहेक अन्य शीर्ष नेताबाट समेत महत्वपूर्ण छलफल भएको थियो । एमाले र कांग्रेससहितका दलमा दोहोरो छलफलमा रहेका प्रचण्ड कांग्रेससँग कुरा नमिलेपछि एमालेसँग मिल्न पुगेका हुन् । आइतबार बालुवाटारमा छलफल भयो । तर, सहमति नजुटेपछि बैठक छोडेर प्रचण्ड ओली निवास बालुवाटार पुगे । र, नयाँ गठबन्धन निर्माणसँगै सरकार गठन एवं भागबन्डा टुंगो लाग्यो ।
शीर्ष नेताहरूको छलफल चल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेतासमेत बालकोटको छलफलमा सहभागी भए ।
छलफलमा सहभागी नेताका अनुसार माओवादीबाट प्रचण्ड आगामी अढाई वर्षका लागि प्रधानमन्त्री हुने र अर्को अढाई वर्षका लागि एमालेबाट अध्यक्ष ओली प्रधानमन्त्री हुने सहमति भएको छ । यस्तै, राष्ट्रपति एमालेबाट हुनेछ ।
राष्ट्रपति र प्रधानमन्त्रीको मात्रै अहिले टुंगो लागेको छ । एमाले, माओवादी केन्द्रसहितको गठबन्धनले अब उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशको सभामुख र उपसभामुुुखसहितका मुख्य पदमा भागबन्डा गरेर अगाडि बढ्नेमा शीर्ष नेता सहमत भए पनि भागबन्डाको मोडालिटी टुंगो लाग्न सकेको छैन ।
छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले अहिलेलाई प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने र बाँकी विषयमा पछि छलफल गर्नेमा सहमति भएको बताए ।
एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा
नेकपा एकीकृत समाजवादीले पूर्वसहमति तोडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष निकालेको छ ।
पहिला प्रधानमन्त्री को हुने भन्ने विवादले सत्ता गठबन्धन टुटेपछि समाजवादी पार्टीको सचिवालय बैठक आइतबार बसेको थियो । बैठकमा नेताहरूले प्रचण्डलाई पहिलो पालो प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेसले अहंकार देखाएको बताएका छन् ।
‘देउवाले प्रचण्डसँग आन्तरिक सहमति गरेकै थिए । बोलेको कुरा पूरा नगरेर देउवाले अहंकार देखाएकै हुन्’ एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘तर यही कारण सहयात्रा तोडेर प्रधानमन्त्रीका लागि एमालेलाई शक्ति प्रदान गर्न हुन्नथ्यो ।’
कांग्रेस नेतृत्वको गठबन्धन सकिएको भन्दै एकीकृत समाजवादीले अब नयाँ सरकार गठनलगायतका घटनाक्रम हेरेर थप निर्णय लिने बताएको छ । ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं,’ एक नेता भन्छन्, ‘समग्र घटनाक्रम हेरेर निर्णय लिन्छौं ।’
बैठकपछि महासचिव डा. वेदुराम भुषालले निकालेको विज्ञप्ति लेखिएको छ, ‘बैठकमा अकस्मात् विकसित राजनीतिक घटनाक्रम’bout गम्भीरतापूर्वक छलफल भयो र परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरियो ।’
एकीकृृत समाजवादीसहित कांग्रेस र लोसपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन् । आमनिर्वाचनमा पहिलो शक्ति बने पनि कांग्रेसले अन्य दलसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो ।






