नेपाल ओलम्पिकका कर्मचारीले घरबाटै काम गर्ने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै ओलम्पिक कमिटीका पदाधिकारीलाई घरबाटै काम गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणबाट बच्न आशिंक ‘लक डाउन’ गरेपछि एनओसीले पनि यसमा साथ दिँदै आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह गरेको हो ।

ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले अर्काे सूचना जारी नभएसम्म यस्तो व्यवस्था लागू गरिने जनाएको छ । अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिकमा नेपालको सहभागिताका लागि आईओसी, ओलम्पिक सोलिडारिटी, टोकियो ओलम्पिक आयोजक कमिटी र राष्ट्रिय संघहरूसँग निरन्तर सम्पर्कमा रहिरहेको समेत बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

डोल्पा कारागारबाट भागेकाको खोजी तीव्र