काठमाडौं । सत्तारुण घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले भारतीय प्रधानमन्त्री मोदिले उत्घाटन गरेको भारतिय संसद भवनमा राखिएको भारतको नक्सामा लुम्बिनी राखिएपछि बिरोध गरेका छन् ।
प्रवक्ता राईले सामाजिक संजाल फेसबुकमा “देशको प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको सम्मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले व्यापक बिरोधमा विच भारतीय नंया संसद भवनको उत्घाटन गरेका छन् । उक्त भवनमा राखेका नक्सामा महाभारतकालीन नामहरुका साथ हाम्रो देशको लुम्बिनीलाई समेत समाबेश गरेका छन् । लुम्बिनी नेपालको हो, गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा मोदीलाई हेक्का रहोस् । मोदीको यो कदमले सार्वभौम नेपाल र नेपालीको इज्जतमा ठुलो चोट पुगेछ साथै नेपाल सरकारको मौनताले लज्जित तुलाएको छ। यो विषयलाई सामान्य लिनु हुदैन । नेपालीहरुको स्वतन्त्रता र सार्वभौमिक्तालाई अक्षुण राख्न सबैले आ-आफ्नो तहबाट बोलौ, प्रतिवाद गरौं ।नेपाली हामी रहौला कहाँ, नेपालै नरहे….!” भनी उल्लेख गरेका छन् ।
यहि जेष्ठ १७ गते नेपाल सरकारका प्रधानमन्त्री पुस्पकमल दाहाल भारत सरकारको औपचारिक भ्रमण गर्दै छन् ।






