कारवाही माग्दै नगरपालिकामा ढुंगामुढा

सप्तरी । मनपरी शुल्क असुल गरेको विरोधमा आवाज उठाउँदा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष मिलेर दुई जना विद्यार्थीलाई निर्घात कुटपीटि गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले दोश्रो दिन हिजाे विहीवार राजविराज नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन् ।

आक्रोसित विद्यार्थीहरुले ढुंगा मुढा गर्दा नगरपालिका कार्यालयको दुई वटा झ्यालको शिशा फुट्नुका साथै कार्यालय परिसरमा राखिएको पूmलको गमलाहरुमा क्षति पुगेको छ ।

स्थानीय नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका कक्षा १० मा अध्यनरत विद्यार्थी विकास कुमार मण्डल र रोशन साहलाई दुई दिन अघि विद्यालयले मनपरि शुल्क वसुलेको ’bout आपत्ती जनाउँदा प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले निर्घात कुटपिट गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थी कुट्ने प्रअ र व्यवस्थापन समितिका अध्यक्ष दुबै माथी कडा कारवाहीको माँग गर्दै विद्यार्थीहरुले आन्दोलन चर्काएका हुन । आक्रोसित विद्यार्थीहरुले नगरपालिकामा ढुंगामुढा गर्नुका साथै मुल गेट मै दुई घण्टा धर्ना तथा टायर बालेर प्रर्दशन समेत गरेका छन् ।

परिक्षाको रजिष्टे«शन शुल्क वापत कक्षा ९ को ३ सय र कक्षा १० का लागी ५ सय रुपैया राजश्व बुझाउने प्रावधान रहेपनि सो विपरित विद्यार्थीहरुबाट १ हजार देखि १ हजार ४ सय रुपैया सम्म जवरजस्ती वसुल गरिएको र सो ’bout प्रश्न उठाउँदा आफुहरु कुटिएको घाइते भएका विद्यार्थी विकास मण्डलको भनाई छ ।

नगरपालिकामा ढुंगामुढा तथा मुल गेटमै विद्यार्थी धर्नामा वसेपछि कार्यवाहक नगर प्रमुख इसरत परवीनले आन्दोलनकारीहरु संग वार्ता गरी समस्या समाधानको प्रयास गरेकी छिन् । उनले घटना’bout छानवीन थालिएको तथा शुक्रवार दुबै पक्षलाई राखी निकास निकाल्ने प्रतिबद्धता जनाएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा