कालिकोट । निर्माण कम्पनीको लापरबाहीका कारण कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । कर्णाली राजमार्गका एसमोड लगायतका सडक खण्डमा निर्माण कम्पनीले बाटो नै बन्द गरी २ देखि ३ घण्टा समय लगाएर काम गर्दा कालिकोट, हुम्ला, बाजुरा, जुम्ला र मुगुलगायतका जिल्लामा पुग्ने यात्रुहरू घण्टौसम्म जाममा पर्दा सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
२ घण्टा बाटोमै बस्नु पर्दा समयमा घर पुग्न नसकिने सुर्खेतदेखि बाजुरा जाँदै गरेका नन्दबहादुर भण्डारीले गुनासो गरे । राजमार्गमा काम गर्दा निर्माण कम्पनीले समय मिलायर काम गर्नुपर्थ्यो । बिहान बेलुकी अथवा रातिको समयमा डोजरले बाटो खन्दा यात्रुले दुख पाउदैनन । भण्डारीले भने, ‘अब बेलुका घरमा नपुगिने भयो बीच बाटोमै बस्ने पैसा पनि छैन ।’
नन्दबहादुर मात्र हैनन यस राजमार्गमा यात्रा गर्ने अन्य यात्रुले पनि गुनासो गरेका छन । नियमित गाडी चलिरहने सडकमा समय मिलायर काम गर्नु पर्थ्यो । यसरि यात्रुलाई सडकमा अलपत्र पारेर दुख दिन हुन्थेन । राति बिराति समय मिलायर काम गर्नु पर्थ्यो । यस ’bout प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले समय मिलायर निर्माण गर्नुपर्ने बताए ।
कहिलेकाही खनेको ढुंगा माटो पन्छाउन समय लागेपनी यसरि यात्रुलाई अलपत्र पारेर काम गर्नु हुदैन अवदेखि समय सिमा तोक्ने प्रजिअ नेपालीले प्रतिवद्वता जनाए । यस’bout सडक डिभिजन कार्यालय जुम्लाका ईन्जिनियर चेतन मण्डलले बाटो रोमेर काम गर्न नमिल्ने बताए । काम गर्दाखेरि माथिबाट पहिरो खसेमा पज्छाउन समय लाग्छ । अवदेखि बाटो बन्द गरेर निर्माण नगर्न लगाउने बताए






