दैलेख । दैलेखमा फुटबल प्रतियोगिता सुरु भएको छ । कालिदत्त गुल्म दैलेखको आयोजनामा बुधबार देखि प्रथम अन्तर विद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको हो ।
फुटबल प्रतियोगिताले खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको कालिदत्त गुल्म दैलेखका गुल्मपति दिपेन्द्र खड्काले जानकारी दिए । यो प्रतियोगिताहरुले नेपाली सेना र आम नागरिकको नजिकको सम्बन्ध स्थापीतहुन सहयोग पुग्नुका साथै खेलकुद प्रवर्द्धन र नयाँ खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने समेत उनले बताए ।

उनले यस्ता प्रतियोगिताले बिद्यार्थीको व्यक्तित्व विकासमा पनि सहयोग पु-याउने र उनीहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले हामीले आउँदा दिनमा पनि यस्ता खाले कार्यक्रम आयोजना गरिने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नारायण नगरपालिकाका उप–प्रमुख तप्ताकुमारी थापां, नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपाने,जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्साल, सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेख प्रमुख द्रोण ढकाल, उद्योग वाणिज्य सङ्घ दैलेखका महासचिव प्रकाश पौडेल,पत्रकार,नागरिक ,शिक्षक, बिद्याथी लगायको सहभागिता थियो ।
प्रतियोगितामा उपाधि विजेता टोलीलाई२०,दोस्रो हुने टोलीलाई ९हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने बताइएकोे छ । २७ गतेसम्म संञ्चालन हुने प्रतियोगितामा ८ वटा विद्यालयका ९ टिम सहभागी छन् ।






