दैलेखका चार पालिकामा कोरोनाविरुद्धको खोप अभियान

दैलेख । दैलेखमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ ।स्वास्थ सेवा कार्यालय दैलेखको आयोजना गरिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम जिल्ला खोप समन्वय समितिको बैठकमा खोप अभियान पुनः सञ्चालन गरिने जानकारी गराइएको हो ।

दैलेखमा कोरोना विरुद्धको फाइजर खोप जिल्लाका४पालिकामा संञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय दैलेख खोप व्यवस्थापक थिर प्रसाद रेग्मीले बताए ।उनले १२ बर्ष बढी उमेरका बालबालिकाको लागि कोरोना विरुद्धको फाइजर खोप सेवा संञ्चानलन गरिएको उनले जानकारी दिए। ।

कोरोना विरुद्धका खोप नारायण नगरपालिका ,चामुण्डाबिन्द्रासैनी नगरपालिका, भगवतीमाई गाँउपालिका, गुराँस गाउँपालिकामा खोप अभियान चलाईने उनले बताए । खोप अभियान चार पालिकाका प्रत्येक वडामा फागनु ६ देखि ८ गतेसम्म कार्यक्रम राखिएको छ ।

अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकायहरुले सक्रिय रुपमा लाग्नुपर्ने नारायण नगरपालिका दैलेख नगरप्रमुख लोमन शर्माले बताए । कोरोनाविरुद्ध खोप लगाई सुरक्षित हुन उनले सबै बालबालिकालाई आग्रह गरे ।

यस्तै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाही जिल्लामा कोरोना विरुद्धको खोप अभियानमा सबैले चासो राख्नुपर्ने बताए ।उनलेयस अभियानलाई सफल व्यवस्थित र प्रभावकारी रुपमा संञ्चालनका लागि सबै पक्षसँग उनले आग्रह गरे ।दैलेखका ४पालिकामा सञ्चालन हुने खोप अभियान प्रभावकारी बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने समेत उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार