तेस्रो प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा

दैलेखमा फागुन १७ देखि २८ गतेसम्म महोत्सब हुने तयारी अन्तिम चरणमा पुगेको छ । उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा सरु हुने तेस्रो कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सवको सुरु हुने दिन नजिकिदै जाँदा तयारी समेत अन्तिम चरणमा पुगेको हो ।

घरेलु उत्पादनलाई विशेष जोड दिईएको महोत्सवमा व्यवसायीक, होटल साथै कृषि उत्पादन गरी १८०स्टल राखिने दैलेख उद्योग वाणिज्य सङ्घका महाँसचिब प्रकाश पौडेलले जानकारी दिए ।महोत्सवको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्ने तयारी भैरहेको उनले बताए। महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहने उनले जानकारी दिए ।

यस्तै महोत्सवमा राखिएका स्टलहरूमा तरकारीका बिउ बिजन, स्थानीय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सूचना प्रविधिसम्मको प्रदशनिमा गर्ने व्यवस्थापन मिलाइएको दैलेख उद्योग बार्णिज्य सङ्घका अध्यक्ष कुल बहादुर विकले बताए । काडाचौरको खुला मैदानमा यही फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिमा पुगेको उनले बताए ।

महोत्सवमा जिल्ला स्तरीय दोहोरी प्रतियोगिता समेत सञ्चालन हुने मेलाका कला संयोजक कुमार प्याकुरेलले बताए।महोत्सवले व्यवसायहरुलाई मात्रै नभई यहाँको पर्यटनm कला, साहित्य र संस्कृतिलाई समेत टेवा पु¥याउले उनले जानकारी दिए । उनले यस महोत्सवले सो क्षेत्रमा रहेका लहेर पैचरी नाच ,मारुनी ,गर्रा नाँच, ढाल तरबार,हुड्के नाँच नृत्यलगायत लोकसँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार