पाँचौं जुम्ला(रारा अल्ट्रा म्याराथन १ वैशाखमा

जुम्ला । कर्णाली खेलकुद क्लबको आयोजनामा नयाँ वर्षमा ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१’ हुने भएको छ। पर्यटन क्षेत्रको तथा पद मार्गको प्रवर्द्धन गर्ने र कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएका छ।

वैशाख १ मा हुने यस पटकको अल्ट्राम्याराथनमा १ हजार सम्म खेलाडी सहभागी गराउने लक्ष्य राखिएको छ। जुम्लामा आज पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिए। अहिले आयोजना हुने म्याराथन पाँचौं रहेको जनाइएको छ।

यसअघि विसं २०७५ मा पहिलो संस्करणको खेल आयोजना गरिएको थियो। जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ भैरवनाथको आगनबाट सुरु हुने म्याराथन डाँफेँ लेक, चुच्चेमारा लेक हुँदै राराताल छेउमा समापन हुने जनाइएको छ।

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडीले विगतका प्रतियोगितामा ५ देखि ७ घण्टामा पार गरेका छन्।

आयोजकका अनुसार प्रथम खेलाडीको एक लाख पुरस्कार राशि राखिएको छ, भने द्वितीयको ७५ हजार राखिएको छ। भए पनि घोषणा हुन भने बाँकी रहेको जनाइएको छ। यसपालि उत्कृष्ट ५ खेलाडी पुरस्कृत हुनेछन् । म्याराथन सम्पन्न गर्न रु ३५ लाख लागत लाग्ने अनुमान गरिएको छ। म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि ७ हजार र स्थानीय धावकका लागि ५ हजार दर्ता शुल्क तोकिएको छ।

सो रकमबाट रारातालको बाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको छ । आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार