शुद्ध पिउने पानीको महत्वलाई आम नागरिकले बुझ्न आवश्यक

दैलेख । महाँबु गाउँपालिका वडा नं–१का वडाअध्यक्ष सर्वराज सार्कीले मानव जीवनका लागि शुद्ध पिउने पानीको महत्वलाई आम नागरिकले बुझ्न आवश्यक देखिएको बताए ।

एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा संञ्चालित जलबायु उन्थानशिल समाबेशि खानेपानी सरसफाई परियोजनाको संयूक्त आयोजनामा दैलेखको महाँबु गाउँपालिका वडा नं–१खरिगौरामा विश्व पानी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा वल्दै उनले वडाका जनताले स्वस्थ पानी पिउन पाउनुपर्ने बताएका हुन्।उनले वडाले थुप्रै काम अनवरत रूपमा काम गरिरहेको दाबी गर्दै वडामा यस्ता खाले कार्यक्रमले जनतालाई ठुलो सहयोग पुग्ने उनले बताए ।

उनले शुद्ध पिउने पानी नै मानवको जिवन लागी अपरिहार्य भएको समुदायमा गुणस्तरिय पानीमा सबैको पहुँच दिनको लागि तथा गुणस्तरिय पानी प्रदान गर्नको लागि वडा कार्यालय सदैव तयार रहेको जानकारी दिए ।

जिल्लामा ‘विश्व शान्तीका लागि पानीको समन्यायिक पँहुच’भन्ने मुल नाराका साथ विश्व पानी दिवस मनाइएको एभेष्ट क्लबका फिल्ड सुपरभाइजर दिलिप कुमार खड्काले जानकारी दिए ।पानीमा हैजा टाईफाईटका जिवाणु प्रस्सत हुन्छन त्यसो भएकोले शद्ध पिउने पानी पिउन आग्रह गरे । कार्यक्रममा सञ्चारकर्मी यामाराज बिष्ट, प्रकाश थापा,कनक सेन, स्वास्थकर्मी माया सुनारले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार