सिमसार पहिचान र संरक्षण

नेपालमा जलाधार क्षेत्र धेरै छन् । हिमालमुनि रहेको भौगोलिक बनावटका कारण पनि पानीको स्रोत धेरै छन् । सिमसार क्षेत्र निकै ठूलो मात्रामा त होइन, ससाना क्षेत्रमा प्रस्तै र प्रचुर मात्रामा रहेका छन् । तथापि, तिनको संरक्षण अभाव भने खडकिइरहेको छ ।

सिमसार क्षेत्रमा पानीको सतह र जमिनको सतह प्रायः एकै तह र उचाइमा हुन्छ । यो क्षेत्र भिजेको र सदाबहार पानीका कारण दलदल पनि हुन्छ । यहाँ अत्यधिक आर्द्रता हुन्छ । यहाँ सिमसार बिरुवाको अस्तित्व हुन्छ । नेपालका सिमसार क्षेत्र धानबालीका लागि उपयोगमा ल्याइएका पनि देखिन्छन् । नेपालको राष्ट्रिय सीमसार नीति २०५९ अनुसार ‘जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र’लाई सिमसार क्षेत्र मानिएको छ ।

धाप, नदीको बाँध, विद्युत् उत्पादनको जलाशय, ताल, पोखरी, नदी तट तथा पानीका मूल रहेका क्षेत्र सिमसार रहेका देखिन्छन् । विश्व सिमसार संरक्षण तथा अनुगमनअनुसार ५७० लाख हेक्टर जमिन अर्थात् कुल जमिनको २ प्रतिशत सिमसार क्षेत्र रहेको मानिएको छ । कुल २ प्रतिशतमध्ये तालको क्षेत्र ३० प्रतिशत, दलदलको क्षेत्र २६ प्रतिशत, धाप क्षेत्र २० प्रतिशत, बाँध तथा तटबन्ध क्षेत्र ५ प्रतिशत रहेको भनी छुट्याइएको छ ।

त्यसैगरी, नेपालकोे सीमसार क्षेत्रअन्तगर्गत ५ हजार ३ सय ५८ ताल, ३ हजार २ सय ५२ हिमनदी, २ हजार ३ सय २३ हिमताल, ५ हजार ताल, १ हजार ३ सय ८० जलाधार, ५ हजार १ सय ८३ पोखरी र तराईलगायतका समथर क्षेत्रमा १ सय ६३ वटा सापेक्ष ठूला सिमसार रहेका छन् । यस्ता सिमसार क्षेत्र पहाडमा भने ७९ वटा मात्र छन् ।

सीमसार क्षेत्रमा जैविक विविधताको संरक्षण हुन्छ । यहाँ विभिन्न प्रजातिका जीव तथा वनस्पति संरक्षित हुन्छन् । बसाइसराइ गर्ने चरा, घुमन्ते चरा, माछा, उभयचर, किरा तथा वनस्पतिका लागि सिमसार क्षेत्र महत्वपूर्ण मात्र होइन, वरदान नै मानिन्छ ।

नेपालमा कोसीटप्पु वन्यजन्तु आरक्षअन्तर्गतको कोसी नदीको बाँध क्षेत्र सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । नेपालका नौवटा ठूला सिमसार क्षेत्रले ओगट्ने कुल ३४ हजार ४ सय ५५ हेक्टर क्षेत्रफल रहेको सिमसारमध्ये कोसीटप्पु वन्यजन्तु आरक्षले ५१ प्रतिशत ओगटेको छ ।

सुनसरी, सप्तरी र उदयपुरको बीचमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्षभित्र रहेको यो सिमसारमा ४ सय ८५ प्रजातिका माछा, २१ प्रजातिका चरा र राजगिद्ध संरक्षित छन् । हिउँद ऋतुमा कोशीटप्पुमा बसाइँ गर्न आउने चरा जलकौवा, बकुल्ला, स्टोर्क, हाँस २० प्रजातिका माछा, डुबुल्की चरा, सिद्रेचरा, जकेवा, भुडीभोर, लोभीपपी गरुड, १३ प्रजातिका पानी हाँस, र ४२ प्रजातिका रैथाने र घुमन्ते चरा रहेका छन् ।

मानव निर्मित सिमसारमा इलामको माईपोखरी पनि पर्न आउँछ । सबैभन्दा सानो क्षेत्र मानिने इलामको माईपोखरीले ०.२६ हेक्टर क्षेत्रफल ओगटेको छ । वर्साको पानी नै मूल स्रोत रहेको यो पोखरीको वरिपरि हरियो छेपारो, चिरबाघ, ओतलगायतका वन्यजन्तु संरक्षित छन् ।

विभिन्न विशिष्टता बोकेका सिमसारमध्ये कैलालीको घोडाघोडी ताल अग्रस्थानमा आउँछ । कम गहिरो रहे पनि यसमा र यसको ’round कछुवा, ओत, गोही, चरा, हाँस र अन्य स्थनधारीसहित बाघ र मृग पनि यहाँ संरक्षित छन् । यस्ता तालतलैया र पोखरी रहेको क्षेत्रमा कमल, सुनाखरी, जंगली धानसहित ४ सय ४५ प्रजातिका वनस्पति, २९ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, ७ प्रजातिका सरिसृप र १ सय ४० प्रजातिका रैथाने र घुमन्ते चरा संरक्षित छन् ।
(विभिन्न पत्रपत्रिका र खोजमूलक लेखको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 676 times, 1 visits today)

epaper

ताजा समाचार

यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित