काठमाडौँ । ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो ।
नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५४ बलमा ३ चौका प्रहार गरे । निरजकुमार यादवले ५९ बलमा २९ रन बनाए भने अभय यादवले १६ बलमा २३ रन जोडे । सूर्यांशु कोइरालाले २२ र दर्श सोनारले २० रन बनाए । यस्तै सोहेल कुँवरले १४, रोशन शाहीले ७ तथा आशिष लुहारले ६ रन बनाए । कप्तान विपिन शर्मा एक रनमा अविजित रहे ।
बलिङतर्फ पाकिस्तानका अहमद हुसेनले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मोहम्मद हुजैफा र मोहम्मद सय्यमले दुई दुई विकेट तथा जहांगिर बिलाल र रिजवानुल्लाहले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि विपिन शर्माले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सुशिल रावलले दुई तथा सचिन भट्ट र अभय यादवले समान एक एक विकेट लिए । पाकिस्तानसँगको हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । नेपाल यसअघि भारतसँग १० विकेटले तथा यूएईसँग ७ विकेटले पराजित भएको थियो ।
सम्बन्धित समाचार
एनपीएलमा आज दुईवटा खेल
ह्यारी केनलाई ब्यालन डी’ओर
एनपिएलः सुदूरपश्चिम रोयल्सको जित
स्थापनाको ३०औँ वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य
विराटनगरविरूध्द काठमाडौं गोर्खाजको जित
एनपीएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
नेपालले जित्यो बेल्ट एन्ड रोड सिरिजको उपाधि






