दैलेख । कर्णाली प्रदेश अस्पताल सुर्खेतको कालागाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी एक महिलाको मृत्यु भएको छ । दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१वर्षीय युवती रिजुका बलामीको मृत्यु भएको हो ।
पाठेघरको उपचारको लागि गत बिहीबार अस्पताल भर्ना भएकी बलामीको अस्पतालले मृत घोषणा गर्दै शव बुझ्न परिवारलाई एक्कासि खबर गरेपछि आक्रोशित बनेका हुन् ।
परिवारलाई भेटघाट गर्न नदिएरै एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयपछि मृत्यु भएको घोषणा गरेपछि अस्पताल सेवामा खटिएका डाक्टरको लापरबाहीका कारण उनको मृत्यु भएको मृतकका आफन्तले अरोप लगाएका छन् ।
पीडित आफन्तहरू र अन्य सर्वसाधारणहरूले अस्पतालले प्रवाह गर्ने सेवा निकै ढिलो र लापरबाही हुने गरेको गुनासो समेत गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)






