देशको विकृति रोक्न शिक्षाको नै महत्पूर्ण भूमिका

दैलेख । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले देशको विकृति रोक्न शिक्षाको नै महत्पूर्ण भूमिका हुने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति दैलेखले आयोजना गरेको विद्यालय शिक्षा ऐन सम्बन्धि सुझाब पेश कार्यक्रममा उनले शिक्षा क्षेत्रमा भएका कमी कमजोरी पता लगाई समस्या समधान गर्न शिक्षामा लगानी गर्नुपर्ने बताएका हुन । शिक्षा क्षेत्र सुधारका लागी सबैले सहयोग गर्नु पर्ने उनले बताए ।

उनले देश निर्माणमा शिक्षा महत्वपूर्ण हुने भन्दै आफूले शिक्षालाई सुधार गर्दै अघि बढ्ने सभापति थापाले जानकारी दिए । उनले आगमी दिनमा शिक्षा क्षेत्रलाई अघि बढाउन योजनाअनुरुप अघि बढ्ने समेत बताए । शिक्षा क्षेत्रको सुधार गरेरै छोड्ने बताए ।उनले राजनीतिबाट शिक्षालाई टाढा राख्ने पर्ने जोड दिए ।

अप्रिल २२ देखि अप्रिल २६ वैशाख १० देखि १४ सम्म नेपाल लगायत विश्वका १५० भन्दा बढी मुलुकमा कार्य सप्ताह मनाउन लागिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,जिल्ला समन्वय समिति दैलेखका अध्यक्ष भरतराज अधिकारीले जानकारी दिए ।

विद्यालय र सिकाइ केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयिक पुनर्विचार तथा परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै गुणस्तरीय, समावेशी, जीवन उपयोगी शिक्षामा जोड दिन शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार