८० वर्षिया आमाले बल्ल पाइन नागरिकता

मुगु । मुगुको एक गाउका ८० वर्षिया जेष्ठ नागरिकले बल्ल नेपालि नागरिकताको प्रमाण पत्र लिएकी छन । मुगु मुगुम कार्मारोङ्ग गाउँपालिका ५ सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकता पाएकी हुन् ।

२००० साल बैशाख १२ गते जन्मेकी कामीलाई २०८१ साल बैशाख १२ गते नै हिजो वुधवार प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नागरिकत प्रमाण पत्र नम्बर ५८–०१–८१–०००४१ को नेपाली नागरिकता प्रदान गरेका हुन् ।

३५ वर्ष अघि कामीकी श्रीमान सोनाम तेन्जीन कामीको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २–३ दिन हिड्नुपर्ने भएपछि जान आउन समस्या र नागरिकताको आवश्यकता’bout जानकारी नहुदा नागरिकता लिन ढिलाइ भएको थियो । जब श्रीमानको मृत्यु भयो घरमा कमाउने मान्छे भएन २ छोरा पाल्न धौ धौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान नहुँदा नागरिकता बनेन् ।

२ छोरा मध्य एकको सिलाजित निकाल्दा लडेर मृत्यु भयो । अर्को छोराको पनि मेरो नागरिकता नहुँदा उस्को पनि नागरिकता बनेन । छोराबाट २ नातिनी र १ नाति छन् । छोरा र मेरो नागरिकता नहुँदा उनीहरुको जन्मदर्ता नबन्दा सरकारले दिने बाल भत्ता पाएका छैनन् । मैले नागतिकता पाएँ अब छोराको पनि बन्ने भयो । नाति नातिनिहरुले पनि भत्ता पाउने भए खुशी हुँदै आफ्नो नयाँ बनेको नागरिकता देखाउदै नोन्जोम कामिले भनिन् ।

श्रीमानको नागरिकता,माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसुची सहित अन्य कागजातहरु पुगे पछि र ढिला नागरिकता लिनाको कारण ’bout विश्वास लाग्दो प्रमाण जुटेपछी ८० वर्षिया आमालाइ नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले बताए। ८० वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित हुँदै आएको थियो ।

विभिन्न सन्चार माध्यममा यो परिवारको ’bout समाचार आएपछी स्थानिय समाजसेवी सोनाम लामा कार्मारोङ्ग र वडा अध्यक्ष दावा साङवो तामाङ्गले आमाको जिम्मा लिएर सदरमुकाम ल्याएका थिए । सदरमुकाम आएको १७ दिनसम्म सोनाम लामा कार्मारोङ्गले ८० वर्षिया आमाको नागरिकता सम्वन्धी कागजात जुटाए पछि बल्ल बुधबार आमाको नागरिकता बनेको थियो । आमाले नागरिकता पाउनु भयो अब छोराको नागरिकता,नाती,ना’emको जन्मदर्ता र भत्ता उपलब्धताको प्रकृयामा आफू लाग्ने समाजसेवी लामा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित