नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान

दैलेख । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो ।

अभियानलाई सफल पार्न नारायण नगरपालिका ,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति दैलेख ,एभरेष्ट क्लबले अभियान सफल बनाउन सबैमा आह्वान गरेका हुन्।

अभियानकै अवसरमा नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले शिक्षा पाउनु हरेक बालबालिका मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।उनले विद्यालय पहुँचबाट टाढा रहेका उमेर पुगेका सबै बालबालिकाहरूलाई विद्यालय भर्ना गराउन सम्पूर्ण अभिभावक आग्रह गरे ।

विगतको तुलनामा सामुदायिक विद्यालयतर्फ आकर्षण बढिरहेकाले भर्ना अभियानलाई सफल पार्न तीव्रता दिएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए ।नगरपालिकाको नारायणका सबै सामुदायिक विद्यालयमा सो अभियान थालिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार