दैलेख । यहाँको जिल्लाको दुई ठाउँमा आगलागीहुँदालाखौको क्षतिभएको छ भने एक घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् । जिल्लाप्रहरी कार्यालय दिएको जानकारी अनुसार गएको शनिवार बेलुका घर नजिकैको धामकपासे सामुदायिकवनमालागेको आगो हावाहुरीकाकारण एक्कासी घरमा सल्किएपछि चामुण्डाबिन्द्रासैनीनगरपालिका–२, चाल्ने चौताराका गणेश सिजापतीको घरजलेर नष्ट भएको छ ।
सिजापतिको दुई तले ६ वटा कोठा भएको, ढुङ्गा, माटो र पत्थरले छाएको उक्तघर जलेर पूर्ण नष्ट भएको छ । आगो लागेको समयमा घरमाकोहीनभएकाले मानवीयक्षतिभएन । आगलागीबाट घरमाभएको सम्पूर्ण अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरी जनाएको छ ।
प्रहरीकाअनुसार आगलागीबाट उक्त घरमाकरिब ६ लाख बराबरको क्षतिभएको छ । यस्तैगरि सोही ठाउँका तुलबहादुर सिजापतीको १ तलाको चार कोठे गोठमा पनिआगो लागेको थियो । ढुङ्गा, माटोले बनेको र पत्थरले छाएको उक्तकोठामा आगलागीबाट दुई लाखको क्षतिभएको छ ।
उक्त स्थानमालागेको आगो नियन्त्रणका लागिप्रहरी सहायकनिरीक्षक कर्णबहादुर रोकायाको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको थियो ।
यस्तै निर्वाचन क्षेत्र नं १ को नारायण नगरपालिका–३, कालिमाटी स्थित जङ्गलमालागेको आगो हावा हुरीकाकारण एक्कासि स्थानीयमन्जु बुढा क्षेत्रीको एक तले कच्चीगोठमा आगलागीहुँदा एक लाख बराबरको क्षतिपुगेको दैलेख प्रहरीले जनाएको छ ।






