बैतडीका २ पालिकाका कर्मचारीमाथि कुटपिट

बैतडी । यतिबेला बैतडीको तल्लोसोराडका २ स्थानियतहमा कर्मचारीमाथी भएको कुटपिटको घटनाले कार्यलयका नियमीत सेवाहरु प्रभावीत भएका छन् ।

गत बिहीबार मेलौली नगरपालिका वडा न. ९का वडाअध्यक्ष लोकराज भट्टले जिन्सी शाखामा कार्यरत कर्मचारी चक्रपाणी जोशी माथी कुटपीट गरेको भन्दै कर्मचारीहरुले अत्यवश्यक बाहेकका सेवाहरु ठप्प गरि आन्दोलन गरेकाछन् ।

कर्मचारीहरुले जनप्रतिनिधिबाटै कर्मचारी कुटिन हुन थालेपछि आफ्नो सुरक्षाको ग्यारेण्टी नभएको भन्दै सेवाहरु बन्दै गरि आन्दोलन गरेका हुन् । तर यस बिषयमा वडाअध्यक्ष भट्टले भने वडाको बजेटका बिषयमा छलफल गर्न खोज्दा झडप भएको बताए । उनले आफ्नो सिफारिस बिनै किन बजेट खर्चेको भन्दा हाल हालाहालको स्थिति श्रृजना भएको बताए ।

यसैगरि जिल्लाको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख राम सागर शाह माथी गालीग्लौज तथा कुटपीट भएको घटना बाहिरिएको छ । उक्त घटनामा संलग्न कुलाउ स्वास्थ्य चौकीका सिअहेव पान बहादुर चन्द र मेडिकल व्यवसायी बीर बहादुर चन्द फरार रहेका छन् । उनिहरुका लागि जिल्ला प्रसासन कार्यालयबाट पक्राउ पुर्जि समेत जारी भएको छ ।

पान बहादुर र बिर बहादुरले स्वास्थ्य शाखा प्रमुख शाहलाई आफ्ना गाउँपालिकामा रिर्पोट गरेको भन्दै कुटपीट गरेको शाहले बताए । सुक्रबारका शाह कार्यालयबाट कोठा फर्किने क्रममा पिछा गर्दै आगनमै पुगेका उनिहरुले गाली बेइज्जती र कुटपीट गर्दै ज्यान मार्ने धम्की दिएको गाउँपालिकाका कर्मचारीद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

५ दिनअघि कुटपटीटमा परेका स्वास्थ्य प्रमुख शाहको कम्मरमा अझैसम्म समस्या रहेको उनलेृ बताए । उपचार गराउदाँ पनि ठिक हुन नसकिरहेको उनको भनाई छ ।

पक्राउ पुर्जि जारि गर्दा फरार रहेका व्यक्तिहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनिहरु काठमाडौं गएको भन्ने सुन्नमा आएकाले खोजी भइरहेको प्रहरी नायव उपरिक्षक दीपक गिरिले बताए ।

यस बिषयमा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने,‘कुलाउ स्वास्थ्यचौकीमा कार्यरत पान बहादुर लाई सैलोडाबाट सरुवा गरेको झोकमा स्वास्थ्य प्रमुखलाई कुटपीट गरेको देखिन्छ, स्वास्थ्यचौकीमै केही अस्वभावीक गतिविधि सञ्चालन गर्दै आएको थाहा पाएपछि पालिकामा रिपोर्ट पुगाएका शाह माथी कुटपीट भएको छ, उनिहरुलाई कारवाही गर्न प्रशासनले समेत आनाकानी गरिरहेको छ ।’ चन्दले भने,‘घटनाका बिषयमा अनुसन्धान गरि दोसीलाई छिटोभन्दा छिटो कारवाहीको दायरामा ल्याउनुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन