दैलेख । भैरवी गाँउपालिका–१ रावतकोटका किसानलाई सिँचाइ नहुँदा खेतीपाती गर्न निकै कठिन हुन्थ्यो । पानिको अभाव भएपछि सधैं आकाशे पानीकै भरमा खेती गनुपर्ने बाध्यता थियो। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका रावतका किसानलाई आजभोलि भने सिँचाइ सुविधा पुगेपछि त्यो बाध्यता हटेको छ ।
हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ ,खानेपानीको ट्याङ्कीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छामघाट रावतकोट लिफ्टिङ खानेपानी आयोजना भैरवी गाँउपालिका–१का अध्यक्ष खगेन्द्र बहादुर थापाले बताए ।
दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । उनका अनुसार योे आयोजनाबाट २ सय १८ घरधुरीलाई प्रत्यक्ष रूपमा फाइदा पु-याएको बताए ।

केही बर्ष पहिला देखि भैरवी गाउँपालिकाको मुख्य बजार डाँडीमा खानेपानी अभाव थियो तर पछिल्लो समयमा लिफ्ट मार्फत खानेपानी आउन थालेपछि स्थानीयवासीमा खुसीयाली छाएको डाँडी माडी लिफ्टिङ खानेपानी योजना भैरवी गाँउपालिका–५का सदस्य गीता कुमारी शाही बताईन् ।
गाउँमा खानेपानी सुविधा पुगेपछि किसानलाई ठुलो सहयोग भएको उनले बताइन् । यस्तै दैलेखको दुल्लु नगरपालिका– १३ बिनायकमा समेत सोलार लिफ्टमार्फत घरघरमा पानी पुगेपछि किसानलाई सहज भएको प्रेम बहादुर भण्डारीले बताए ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखको आर्थिक सहयोग गाउँमा खानेपानी पुगेपछि स्थानीय बासिन्दाले पानीको उपयोग गर्दै तरकारी उत्पादनमा सहज हुने बताए।






