विद्यार्थीका लागि खोला तर्न श्रमदानमार्फत काठेपुल निर्माण

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय बासिन्दाले श्रमदानमार्फत काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीय बासिन्दाले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाईको काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका हुन् ।

खिदिमास्थित बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४४ हजार ८८० बराबरको श्रमदानमार्फत काठेपुल निर्माण गरि मंगलबारबाट सञ्चालनमा ल्याइएको बोरा टोलका टोल विकास समिति अध्यक्ष एवम् टोलस्तरीय पूर्ण सरसफाइ संयोजक नैनबहादुर खत्रीले जानकारी दिए । काठेपुल ९० क्युफिट काठ, १५ पिल ढुङ्गा र पाँच किलो काँटी प्रयोग निर्माढा गरिएको हो ।

वर्षाद्को समयमा खोलामा आउने बाढीले कलिला उमेरका विद्यार्थी तथा स्थानीय बासिन्दालाई आवतजावतमा हुँदै आएको समस्या समाधान गर्न बोराखोलामा श्रमदानमार्फत काठेपुल निर्माण गरिएको खिदिमाका वडाध्यक्ष गोविन्द तामाङले बताए । अध्यक्ष तामाङले भने “बोरा टोलमा ३५ घर स्थानीय बासिन्दाको बसोवास छ ।

त्यहाँका बालबालिका अध्ययनका लागि मखमलेस्थित जनता आधारभूत विद्यालय जानुपर्ने हुन्छ । बीचमा पर्ने बोराखोलामा आउने बाढी तर्न नसक्दा वर्षाद्को समयमा त्यहाँका बालवालिका विद्यालय जान सक्दैन, बालबालिकालाई विद्यालय जानै असहज भएकाले श्रमदानमार्फत बोराखोलामा काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका छौँ ।”

चार दिनसम्म सञ्चालन गरिएको श्रमदानमार्फत काठेपुल निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि बोरा टोलका स्थानीय बासिन्दालाई गाउँपालिकाको कार्यालय तथा वडा कार्यालय आवतजावतमा समेत सहज भएको श्रमदानमा सहभागी सञ्जिव राईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार