हरिप्रसाद कल्याणी रिमाल विशेष संचार सेवा सम्मान एभिन्यूजका अध्यक्ष राजकर्णिकारलाई

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल विशेष संचार सेवा सम्मान २०८० एभिन्यूज नेटवर्क प्रा.लि.का कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई प्रदान गरिने भएको छ ।

हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले सो सम्मान यस पटक अध्यक्ष राजकर्णिकारलाई समर्पण गर्न लागेको जनाएको हो । नेपाली संचार जगतमा खासगरी टेलिभिजन माध्यम मार्फत यस क्षेत्रको विकास र सम्वद्र्धनमा अतुलनीय योगदान पुर्‍याए वापत अध्यक्ष राजकर्णिकारलाई सम्मान र पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

उक्त सम्मान तथा पुरस्कार आगामी असोज २ गते काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष कार्यक्रमकाबीच प्रदान गरिने पनि प्रतिष्ठानले जानकारी दिएको छ ।

रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले हरेक वर्ष संगीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य