आर्थिक नगरीमा चाडपर्व लक्षित बजार अनुगमन

वीरगन्ज । चाडपर्व लक्षित बजार अनुगमनलाई वीरगन्जमा तिव्रता दिन थालिएको छ । तरेली परेर आएका चाडपर्वको पूर्व सन्ध्यामा आर्थिक नगरी वीरगन्जमा चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिन थालिएको हो ।

बुधबार गरिएको बजार अनुगमनका क्रममा कैफियत फेला पारेपछि विभिन्न ६ व्यापारिक फर्म दण्डित भएका छन् । उनीहरुलाई ४५ हजार जरिवाना गरिएको छ । सातवटा विभिन्न फर्ममा गरिएको अनुगमनमा क्रममा एउटा चाही सामान्य भेटिएपछि जरिवानाबाट बचेको छ । स्थानीय बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको अगुवाईमा बजारको खाद्यान्न विक्री फर्महरुमा अनुगमन गरिएको हो ।

वीरगन्जको मुटु मिना बजारमा रहेका खाद्यान्न विक्रेता किराना पसलहरुमा अनुगमन टोलीले छड्के जाँच गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले बताए । बाणिज्य कार्यालयकै निमित्त प्रमुख सुनिल चौरसियाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कर्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्ज उद्योग बाणिज्य सघ र उपभोक्ता हित संरक्षण मञ्च पर्साका प्रतिनिधि सम्मिलित टोली अनुगमनमा खटेको उनको भनाइ छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकाले सोहि ऐन को दफा ३९ बमोजिम विभिन्न ६ फर्मलाई जरिवाना गरी सचेत गराइएको टोलीमा सहभागीहरुको तर्क छ । अनुगमनका क्रममा खरिद बिल नदेखाएको र मिति सकिएका सामान पनि फेला परेकोले एक पटकलाई जरिवाना गरी सचेत गराइएको बाणिज्य कार्यालयका सूचना अधिकारी खत्वेले जानकारी दिए ।

दण्डित हुने फर्महरुमा न्यू अमित किराना स्टोर्स, मुकेश एण्ड केशरी किराना स्टोर्स, भगवती किराना भण्डार, आयुष गल्ला किराना पसल, राहुल एण्ड नविन किराना र मुन्ना लाल किराना पसल रहेका छन् । यी फर्महरु मध्ये न्यू अमित किराना स्टोर्स, मुकेश एण्ड केशरी किराना स्टोर्स, भगवती किराना भण्डारलाई जनही १०–१० हजार जरिवाना गरिएको टोलीमा सहभागी बाणिज्य कार्यालयका सूचना अधिकारी तथा टोलीमा सहभागी खत्वेले बताए । आयुष गल्ला किराना पसल, राहुल एण्ड नविन किराना र मुन्ना लाल किराना पसललाई भने जनही ५–५ हजार जरिवाना गरिएको छ उनले भने । पिन्टु किराना भण्डारमा चाही खासै कैफियत फेला नपरेपछि सम्झाएर छोडिएको उनको भनाइ छ ।

जरिवाना गरिएका छ वटा फर्महरुले सात दिन भित्र वीरगन्जमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा रकम दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको टोलीमा सहभागीहरुले बताए । चाडपर्वका समयमा भिडभाडमा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्न सक्ने कुरालाई दृष्टिगत गरी बजार अनुगमन गरिएको टोलीमा सहभागीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी