७५ घर परिवारलाई मौलापुरकी मेयर रिना साहले वितरण गरिन चेक

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम मधेस प्रदेश, नेपालमा मात्र नभएर यसको चर्चा भारतको बिहार राज्यमा समेत हुने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले मौलापुरको चौतर्फी चर्चा हुने गरेको छ ।

मौलापुर नगरपालिकाको कार्यालयमा आज आयोजित एक विशेष समारोह मार्फत ७५ घर परिवारलाई ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम अन्तरगत ३०/३० हजार रुपैयाको चेक हस्तानान्तरण गरिएको छ ।

यो कार्यक्रम अन्तरगत कानून अनुसार विवाह गर्न उमेर पुगेका गरिब, असहाय छोरीको परिवारलाई विवाह गर्ने बेलामा ३० हजार आर्थिक सहयोग नगरपालिकाले गर्दै आएको छ । अहिलेसम्म हजारौं घरपरिवारले यो सेवा पाईसकेको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् ।

‘कानून अनुसार छोरीहरुको विवाह गर्ने समयमा नगरपालिकाले ३० हजार सहयोग गर्दै आएको छ । यस अघि पनि यो सेवा हजारौं परिवारले पाईसकेका छन् । बिभिन्न कारणले छुटहुन गएका परिवारलाई आज चेक हस्तानान्तरण गरिएको हो’ साहले भने ।

छोरीको विवाहको बेलामा नै चेक पाउनुपर्ने तर निवेदन नदिएकाले ढिला हुन गएको र नगरपालिकाले बोलाएर नै ३० हजारको चेक दिएको मैना देवीले बताईन् । ‘सबैले पाउँछन्, मैले पनि पाए । छोरीको विवाहको बेला खर्च त बढी नै हुन्छ तर नगरपालिकाले कमसेकम यती सहयोग गर्नु, छोराछोरीको पढाई, परिवारको स्वास्थ्य लगायतका बिषयमा राम्रो काम गरेकाले हामी खुशी छौं’ मैना देवीले भनिन् ।

यस्तै चेक पाउने अर्को शुशिला देवीले मौलापुर नगरपालिकाको यस्तो काम धेरै नै राम्रो भएको बताईन् । ‘हुन त यो सानो रकम हो । तर हाम्रो लागि ठुलो हो । हामीलाई यति सहयोग गरेर माया, स्नेह राखिराख्ने मेयर रिना दिदिलाई म धन्यवाद भन्न चाहन्छु । उहाँले सधै यस्तै राम्रो काम गर्दै अगाडी बढुन हाम्रो साथसहयोग सधै नै रहन्छ’ शुशिला देवी चेक पाएपछि खुशीले गदगद हुँदै भनिन् ।

यस्तै अर्का सेवाग्राही धर्मेन्द्र यादवले समेत मेयर रिना साहको तारिफ गरे । ‘छोरीको विवाह होस् वा मालपोत कर, कुनै प्रकारको सिफारिस । हामीले कुनै पनि किसिमको कर तिर्नुपर्दैन नगरपालिकामा । फ्रि बिजुली, फ्रि पानी लगायतका कार्यक्रमले हामीले खुशी छौं । म त भन्छु यि कार्यक्रम अरु पालिकाका साथै मधेस प्रदेश सरकार र हाम्रो प्रधानमन्त्री केपी ओलीजीले पनि सिकेर देशैभरी लागु गर्नुपर्छ’ यादवले भने ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहलमा ‘छोरीको साथमा मेयर’ कार्यक्रमका साथै ‘फ्री बिजुली, फ्री पानी’ लगायतका महत्वपूर्ण कार्यक्रम लागु भएको छ । मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकत्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य शुल्कको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसधारण खुशी व्यक्त गर्दै आएका छन् ।

मधेस प्रदेशकै एक र पहिलो महिला मेयर रिनाकुमारी साहको जनपक्षीय कामले अहिले चौतर्फी चर्चा भईरहेको छ । रौतहटको मौलापुरकी मेयर साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले रेणुको गुनगान गाए, दाहालले झस्काए