हिन्दी र तामिलमा गजनी २

एजेन्सी
मुम्बई । बलिउड अभिनेता आमिर खानले अन्तत चलचित्र ‘गजनी २’ रोजेका छन् । अहिले सितारे जमिनपरको छायाँकनमा रहेका यी अभिनेतालाई पाँच वटा चलचित्रको स्कृप्ट आएको थियो । अब आफुले गजनी २ को छायाँकन गर्ने उनले बताएका छन् । यसपछि उनले किशोर कुमारको बायोपिकलाई समय दिने खुलाएका छन् ।

यो चलचित्र अब तामिल र हिन्दी गरी दुई भाषामा फरक फरक बन्ने छ । जसमध्य तामिलमा त्यहाँका स्टार कलाकार सूर्या हुने छन् । हिन्दीमा भने गजनी २ मा आमिर नै हुने भएका छन् ।

पिंकभिल्लाको रिपोर्ट अनुसार अल्लु अरविन्दले यो चलचित्रलाई निर्माण गर्दैछन् । यसका लागि आमिरसँगै उनले तमिल स्टार सुरियालाई पनि खेलाउने भएका छन् । हिन्दी र तमिल दुवै भाषामा एकैसाथ छायांकन हुने पनि यसका निर्माता अरविन्दले बताएका छन् । यस फिल्ममा सूर्या तमिलमा र आमिर खान हिन्दीमा अनुबन्धित भएको अरविन्दले खुलाएका छन् ।

गजनी आमिर खानकै करिएको अर्को सफल चलचित्र हो । यो चलचित्रको सिक्वेल गर्नका लागि उनलाई निर्माण पक्षले सात वर्षदेखि प्रस्ताव राखेका थियो । बल्ल यतिबेला आमिर तयार भएका छन् । गजनी जस्तै यसको सिक्वेलमा पनि आमिर खानले आफ्नो अद्भूत शरीर र विस्मृतिको साथ प्रभुत्व जमाउने भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विहिबारको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित