पूर्वराजा ज्ञानेन्द्र ७ गते हेटौँडा आउने

मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी ७ गते हेटौँडा आउने भएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडाको धार्मिक क्षेत्रको अवलोकन, भ्रमण र पुजा–आराधनाकाे लागि पूर्व राजा शाह हेटौडा आउन लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनाएको छ ।

हेटौंडामा पत्रकार सम्मेलन मार्फत राप्रपाले यस’bout जानकारी गराएको हो । शाहाले हेटौडामा केही महत्वपूर्ण भेटघाट समेत गर्ने बताइएकाे छ । उनी निकट राप्रपाले पत्रकार भेटमा गर्दै पुर्व राजा शाहले हेटौडामा उद्योगी व्यवसायीलाई समेत भेट्ने कार्यक्रम रहेको जानकारी गराएको छ ।

पूर्वराजा शाहलाई स्वागत तथा अवलोकन भ्रमण मूल समारोह समिति, उपसमिति गठन गरिएको छ । राप्रपा नेता तथा प्रतिनिधि सभा सांसद दीपक बहादुर सिंहको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पूर्वराजालाई १ हजार १ सय ११ जनाले स्वागत गर्ने कार्यक्रम तय भएको सिंहले जानकारी दिए ।

पूर्वराजाले हेटौँडा १५ को चुरियामाई मन्दिर, हेटौँडा–१३ पदमपोखरीको ज्याङछुपलिङ पोतला गुम्बा, हेटौँडा–१० को भुटनदेवी मन्दिरमा पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण, पुजा–आराधना गर्ने कार्यक्रम रहेकाे पत्रकार सम्मेलनमा बताइएकाे थियाे ।

मकवानपुरको क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य सिंहले राप्रपा संघीयता खारेजीको अभियानमा रहेको बताए । पुर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले विकास निर्माणका नाममा घुसखोरी बढेकोले यसको खबरदारी राप्रपाले गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा गठबन्धनमा गडबड