सप्तरी । सप्तरीमा विभिन्न पार्टी परित्याग गरि दर्जर्नोको संख्यामा नेता–कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार नेपाली काँग्रेस राजविराज वडा नम्बर १२ वुथ समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका ८० जना नेता–कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
यसरी प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टी(जसपा) नेपाल, नेकपा एकिकृत समाजवादी, जनमत र नेकपा माओवादी केन्द्र नेता–कार्यकर्ता रहेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
नव प्रवेशी नेता–कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवका साथै क्षेत्रिय सभापति महानन्द यादव, महेन्द्र यादव, महाधिवेशन प्रतिनिधि प्रदीप यादव, शुशीला यादव, ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य प्रभात कुमार ललन र जिल्ला सदस्य उमेश यादव लगायतले फुलमाला र अविरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।
काँग्रेका बुथ सभापति नाथो मंडलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले देशको हित चाहने वास्तविक पार्टी काँग्रेस मात्र भएको दावीका साथ यसमा समाहित हुन अन्य दलका नेता–कार्यकर्तालाई आह्वान गरे ।