लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको विमान भैरहवामा अवतरण गरेको छ ।  प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ ।

यस अघि करिब एक घण्टा उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकुल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको थियो । तर केहीबेर अघि भैरहवाको मौसम अनुकुल हुनासाथ विमान उडेको थियो ।

लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता विमानस्थल बाहिर भेला भएर नाराबाजी गरिरहेका छन् । रास्वपाले प्रदर्शन गर्न थालेपछि ठुलो संख्यमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही पुर्याएको हो । 

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार