लिग विजेता चर्ज ब्वइजसँग आर्मी स्तब्ध

इलाम । चर्च ब्वइजका बिदेसी खेलाडी अर्मान्डोकोे निर्णायक गोल सँगै विभागीय टोली त्रिभुवन आर्मी पराजित भएको छ । इलाम सदरमुकाम स्थित ठुलो टुँडिखेलमा जारी ‘दोस्रो इलाम गोल्ड कप’मा बलियो दाबेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारको यता तय गरेको हो । खेल सुरु भएको दुई मिनेटमै डिबक्स भित्र भएको फल्डमार्फत आर्मीले पाएको पेनाल्टीबाट नीरज चौधरीले टिमलाई अग्रता दिलाएका थिए ।

सुरुवाती समयमानै अग्रता लिएको आर्मीले खेलको अन्तिम १५ मिनेट जोगाउन नसक्दा लिग बिजेता चर्ज ब्वइसँग स्तब्ध बनेको छ । मध्यान्तर अघि दबाबमा राखेको आर्मीले मध्यान्तर पछि चर्ज ब्वइजले खेल सुधारे सँगै अन्तिममा निर्णय आफ्नो पक्षमा पार्न सफल बन्यो । खेलको ७६ औ मिनेटमा रोहन कार्कीले गोल गर्दे खेललाई बराबरी बनाएका थिए । त्यसको सात मिनेट बित्न नपाउँदै अर्मान्डोले गोल गर्दे चर्ज ब्वइजको जित पक्का बनाए ।

खेलको दुई मिनेटमै गोल गरेको आर्मीले १३ र १५ औ मिनेटमा नीराजन धामी र नीरज चौधरीले लगातार अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । १९ औ मिनेटमा नीरजको प्रहार गोल किपर सन्दीप लिम्बुले रोके । ३१ औ मिनेटमा नीराजनको निकै राम्रो अवसर प्रहार गर्न चुक्दा कर्नरमा परिणत भयो ।

३२ औ मिनेटमा डिबक्स नजिकै फल्डभएपछि पाएको अवसरलाई आर्मीले सदुपयोग गर्न सकेन । ४२ औ मिनेटमा नीराजनले बल नभेट्दा आर्मीको अर्को अवसर चुक्यो । मध्यान्तर पछि खेल सुधारेको चर्ज ब्वइज सामु आर्मीले अवसर सिर्जना गर्न खोजे पनि निकै दबाबमा प¥यो । चर्ज ब्वइजको दबाब थाम्दै खेलेको आर्मीले अन्तिम १५ मिनेट जोगाउन नखक्दा सेमिफाइनलको यता तय हुन सकेन ।

यता दर्शकको निकै साथ पाएको चर्ज ब्वइज सुरुको दुई मिनेटमै गोल खाए पनि खेललाई समाल्न सफल बन्यो । १३ औ मिनेटमा एरिक विष्टको प्रहार पोल माथि पुग्यो भने १५ औ मिनेटमा खेल बराबरी बनाउने अवसर पाएको अर्मान्डो चुक्न पुगे । २३ औ मिनेटमा समीर तामाङमाथि भएको फल्डमार्फत अवसर पाए पनि रोहन कार्कीको प्रहार फ्रेममा पर्न सकेन ।

२८ औ मिनेटमा कमल श्रेष्ठको प्रहार बिदेसी खेलाडी अवायोमाईको हेट गोल पोस्टमा परेन । ४१ औ मिनेटमा अरमान्डोको निकै राम्रो अवसरले सदुपयोग भएन । मध्यान्तर पछि नयाँ रणनितिका साथ मैदान उत्रेको चर्ज ब्वइजले ५६ औ मिनेटमा कमल श्रेष्ठको प्रहारमा अनन्त तामाङको हेड पोस्ट माथि पुग्यो । ६७ औ मिनेटमा अवायोमाईले बनाएको अवसर समीर तामाङले सदुपयोग गर्न सकेनन् ।

७१ औ मिनेटमा अवायोमाईले राम्रो अवसर पाए पनि सदुपयोग नगर्दा आर्मीको आत्मबल बलियो बनिसकेको देखिन्थ्यो तर ७६ औ मिनेटमा रोहन कार्किको गोलले चर्ज ब्वइजले पुनरागमन गरे सँगै खेल निकै तातिन पुग्यो । त्यसको सात मिनेट नबित्दै अर्मान्डोले आफ्नो टिमलाई अग्रता दिलाए ।

उक्त गोल नै टिमको लागि निर्णायक बन्यो । यो सँगै बुधवार आयोजक रेड हर्ष सँग सेमिफाइनलको भेट तय भएको छ । खेलको म्यान अफ द म्याच चर्ज ब्वईजका रोहन कार्की घोषित भए । मङ्गलवार रेड स्टार झापा र मच्छिन्द्र फुटबल क्लब बिच अन्तिम क्वाटर फाइनल खेल हुने छ ।

मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र