रबि लामिछानेमाथिकाे अनुसन्धान प्रतिबेदन बुझाइयाे

कास्की । सहकारी घोटलामा मुछिएका पुर्व उपप्रधान तथा गृह मन्त्रीमाथी प्रहरी छानबिन सकिए पछि अनुसन्धान प्रतिबदन बुझाइएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक अब दर्ता हुनेछ ।

संघीय संसदका सांसद सुर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरे पछि उनी कार्तिक २ मा पक्राउ परेका थिए ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएकाे छ । त्यसपछि सरकारी वकिल कार्यालयले सम्भवतः सोमबार नै अदालतमा लामिछानेलाइ उभ्याउने छ । 

कास्की प्रहरीका अनुसार लामिछाने बिरूद्द सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाइएकाे  हो ।
 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रबि लामिछानेमाथिकाे अनुसन्धान प्रतिबेदन बुझाइयाे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी