इटहरीमा स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको तयारी

इटहरी । इटहरीमा दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको तयारी थालिएको छ । द योङ ब्रदर्श क्लब इटहरीको आयोजनामा प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार आगामी माघ १९ गतेदेखि इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा आठ वटा टिम सहभागी हुने उनले बताए ।

उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ । अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको सुब्बाले बताए ।

खेललाई इटहरी उपहानगरपालिकाले संयोजन गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डले संरक्षण गरेको खेल संयोजक विकास केसीले बताए । उनका अनुसार अघिल्लो वर्ष प्रतियोगितालाई पारदर्शी बनाइएका कारण यस वर्ष पनि फुटबल प्रतियोगिताको तयारी गरिएको हो ।

यहाँको सबैभन्दा पुरानो उक्त क्लब रहेको र खेल क्षेत्रमा लाग्ने युवाहरू कुलतबाटसमेत मुक्त हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको केसीले बताए । उनका अनुसार खेलमा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने तयारी छ ।

जसअनुसार सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिनेछ । यसैगरी प्रत्येक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो १ मतले विजयी भए…