बीमातर्फ पनि मधेश पुच्छारमा

वीरगन्ज । शिक्षा तर्फमात्र नभई बीमाको क्षेत्रमा पनि मधेश प्रदेश पुच्छारमा नै रहेको तथ्य खुलेको छ । सबैभन्दा बढी आवश्यकता पर्ने निम्न वर्गका मानिसलाई बीमा तर्फ आकर्षण गर्न नसक्दा जनघनत्वको बाक्लो चाप रहेको मधेशमा शिक्षा जस्तै बीमाको अवस्था पनि तथ्याँकीय रुपमा पुच्छारमा नै रहेको तथ्य खुलेको हो ।

तथ्यगत रुपमा मधेशलाई बीमाको उर्वर क्षेत्रका रुपमा प्रयोग गर्न पर्ने बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा प्राधिकरणको तर्क रहेको छ । सर्वसाधारणको धन– जनको जोखिम न्यूनिकरण गर्न मधेशमा अरु प्रदेशमाभन्दा बढि सजगता अपनाउन पर्ने बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको पनि तर्क छ । मधेशमा सबै पालिकामा जीवन तथा निर्जिवन बीमाका ’boutमा जागरण ल्याउन पर्ने उनले जोड दिए ।

हिजो बिहीबार पर्सा, बारा र रौतहटका संचाकर्मीसँग बीमा सम्बन्धी समन्वयात्मक कार्यक्रम गर्दै नेपाल बीमा प्राधिकरणले समाजलाई बीमा गर्न तर्फ चेतना जगाउन अब संचाकर्मीको साथ चाहिएको बताए । बीमाको कुल पहुँच मध्ये साह्रै न्यून अवस्थामा रहेको मधेशमा कुल बीमाको तथ्यगत अवस्थामा ८ दशमलब ८ प्रतिशत मात्र रहेको उनको तर्क छ ।

मुलुभरको बीमाको कुल तथ्याँक अवस्था ४४ प्रतिशत छ । तर मधेश ९ प्रतिशत कम हुनु बिडम्वना भएको उनले तथ्य औल्याउँदै बताए । जसलाई सबैभन्दा बढी बीमाको आवश्यकता पर्ने हो त्यो वर्ग अझै बीमाको पहुँचभन्दा बाहिर नै रहेको अध्यक्ष सिलवालको भनाइ छ ।

गरिएको भनिएको बीमाको तथ्याँकमा पनि मधेशको सूचीमा केही पहुँचवालाहरुको पकड हावी रहेको नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालकर्णले बताए । नियमनकारी निकायको उद्देश्य प्रचलित असल अभ्यासलाई व्यवसायमा समाहित गर्ने, स्वच्छ, पारदर्शिता, सुशासन कायम गर्ने, उपभोक्ताको संरक्षण, सरकारको प्रतिनिधि तथा सम्बद्ध निकायहरुको कार्य सम्पादनको प्रभावकारीता, प्रशासकीय सेवा प्रदान गर्ने, साधारण कार्यको संचालनमा सुपरीवेक्षण गर्ने लगायत कार्यमा प्राधिकरण जुटेको निर्देशक लालकर्णले बताए ।

बीमालाई अब व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न र बीमा व्यवसायको स्वच्छ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन प्राधिकरणले बीमा व्यवसायको प्रभावकारी नियमन गरी बीमितको हक हित संरक्षण गर्न सक्दो प्रयास गरिरहेको प्राधिकरणको जोड रहेको तीन जिल्लाका संचारकर्मी सामु बताइएको छ । निर्देशक लालकर्णले आफै कार्यपत्र प्रस्तुत गर्दै संचारमैत्री रणनीति बीमा प्राधिकरणले अपनाएको दावी गरे । प्रेस सल्लाहकार राख्ने, बार्षिक प्रकाशन बीमा समाचार तथा बिचार, पत्रकारसँग अन्तरक्रिया, त्रैमासिक बीमा समाचार, रेडियो, टेलिभिजन कार्यक्रम सूचनामा पहुँच बढाउने जस्ता कार्यमा प्राधिकरणले जोड दिएको उनको भनाइ छ ।

प्राधिकरणको उप–निर्देशक कुसुम शर्माले सहजीकरण गरेको कार्यक्रममा पर्सा, बारा र रौतहटका संचारकर्मीहरुले बीमा तर्फ पछि परेको मधेशलाई प्राधिकरणले चाही छुट्टै रणनीति अपनाएको छ कि छैन जस्ता जिज्ञासाहरु राखेका थिए । आगामी दिनमा मधेशलाई प्राधिकरणले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्न पर्ने संचारकर्मीहरुको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर