शेखरलाई १५ केजीको माला, भन्छन्– सभापति देउवासँग कुनै दूरी छैन

धनगढी । १५ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले देश दौडाहा सुरु गरेका छन् । १८ मंसिरमा विराटनगरमा कोशी प्रदेशभित्रका नगर सभापतिहरूको भेला राखेका कोइराला पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमको यात्रामा शुक्रबार आएका छन् ।

सुदूरपश्चिमबाट महाधिवेशन केन्द्रीत हुँदै शेखर

जिल्ला दौडाहामा निस्किएका कोइराला महाधिवेशन केन्द्रित हुन थालेका छन् । कोइरालाले सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । कोइराला ६ पुस गते शनिबार नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको धनगढीमा हुने पहिलो प्रदेश अधिवेशनमा सहभागी हुनेछन् ।

उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ । त्यसको एकदिन अघि कोइरालाले जिल्लागत भेटघाट गरेका छन् । कोइरालाले शुक्रबार प्रदेशका नौ जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट गरे । प्रदेशका प्रत्येक जिल्लाका नेता कार्यकर्तासँग छुट्टाछुट्टै छलफल गरेपछि अभियानलाई जिल्ला तहमै सुरु गर्न कोइरालाले आह्वान गरेको सचिवालयले जनाएको छ । शनिबार बिहान कोइरालाले भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम पनि छ ।

१५ औं महाधिवेशनमार्फत सभापतिको संकेत गर्दै १५ केजीको माला
तीन दिने कार्यक्रमका लागि धनगढी पुगेका नेता कोइरालालाई धनगढी विमानस्थलमा १५ किलोको मालाले स्वागत गरिएको छ । नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको एक समूहले नेता कोइरालालाई १५ किलोको माला लगाएको हो ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर खड्काले कोइरालालाई अग्रिम सभापतिको शुभकामना स्वरुप १५ किलोको माला लगाइएको बताए ।

सभापति देउवासँग कुनै दूरी छैन
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् । उनले सभापति सबैको साझा ब्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको बताए ।

नेता कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै १५ औँ महाधिवेशनका लागि आफू स्वभाविकरुपमा सभापतिको दावेदार रहेको बताए । उनले अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहमा निस्किए पनि महाधिवेशनको तयारी स्वभाविक रहेको बताए ।

त्यसैगरी उनले पार्टी महामन्त्री गगन थापा र आफूबिच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढने उल्लेख गरे ।

वर्तमान सरकारका ’boutमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताए । ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको छ । अब परिवर्तन हुने कुनै सम्भावना छैन’ उनले भने । वर्तमान सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै नेता कोइरालाले सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफूले खबरदारी गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

शेखरलाई १५ केजीको माला, भन्छन्– सभापति देउवासँग कुनै दूरी छैन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बेलौरी नगरपालिकाकाे मेयरमा चौधरी पुनः निर्वाचित