जाडोको जोहोका लागि पत्कर संकलनमा जुटे मुसहर समुदायका बालबालिका

उदयपुर । चिसो बढेसंगै अति बिपन्न मुसहर समुदायका बालबालिका जाडोको जोहोका लागि आगो ताप्न दाउरा तथा पत्कर संकलनमा जुटेका छन् । केही दिन यता भित्री मधेसमा पर्ने उदयपुरमा पनि अत्यधिक चिसो र बाक्लो कुहिरो बढेपछि आगो ताप्न तथा सुत्नका लागि पत्कर संकलनमा जुटेका हुन् मुसहर समुदायका बालिकाहरु ।

उदयपुरमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु र सितलहर परेको छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढि प्रभावित भएका छन् । अधिकांश मानिसहरु बाहिर निस्केका छैनन् । सवारी साधनहरु दिउँसै लाइट बालेर हिड्न बाध्य भएका छन् । चिसो मौसम बढेकाले सर्बसाधारणले अत्याधिक चिसो महशुस गरेका छन् । चिसो र हुस्सुले सडकमा दुर्घटनाको जोखिम बढेपछि ट्राफिकले चालकलाई बिस्तारै कुदाउन र सावधानी अपनाउन सचेत गराएका छन भने ठाउँ गाउँमा आगो बालेर तापेका छन ।

मुसहर समुदायको बसोबास रहेको त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरपालिकाका मुसहर समुदायका बालबालिका पत्कर संकलनमा जुटेका हुन् । मुसहरका बस्ने घरमा न्यानो कपडा नहुँदा जाडोबाट बच्नको लागि पत्कर संकललनमा जुटेको त्रियुगा नगरपालिका– ९ गैरुनका मुसहर मिश्रिलाल सदाले बताए । ‘चिसो र शीतलहर बढेसँगै हामी गरिबको जनजीवन कष्टकर बनेको छ,’ उनले भने, ‘जंगलबाट संकलन गरेको पत्कर ल्याई सुत्दा न्यानो हुन्छ ।

जाडो छल्न मुसहर समुदायका बालबालिकाको दैनिकी विशेष गरेर दाउरा तथा पत्कर संकलनमा जुटेको बताउँछन् । त्रियुगा नगरपालिका गैरुनका पाँच घर परिवारका मुसहर समुदायका बालबालिका दिउँसो पत्कर संकलनमा जाने गरेका छन् । ‘जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग पाए पनि हुन्थ्यो,’ बेलका नगरापालिका– १ आम्बासीका रामदेसर सदाले भने, ‘चिसोले गर्दा केही काम गर्न पनि सकिँदैन, काम गर्न जाऊँ आफूसँग बाक्लो र न्यानो कपडा छैन, दिन भरि रात भरि आगो ताप्नु पर्छ, अनि राति पत्करमा घुस्रिएर सुत्नु पर्छ । जाडो बढेपछि बालबच्चालाई पत्कर टिप्न पठाएको मैनी सदाले बताइन् । मैनी सदाले भनिन, ‘अहिले सम्म कुनै पनि संघ संस्थाले न्यानो कपडा तथा दाउरा समेत उपलब्ध गराएको छैन, गएको वर्ष एउटा संस्थाले ब्याङ्गकेट दिएको थियो, त्यो फाट्यो, अहिले त तातो नै हुँदैन ।

उदयपुरमा करिब ३ हजार मुसहर घर परिवारको बसोवास रहेको छ । उनीहरुको जीविको पार्जन भनेको दैनिक मजदुर गर्ने हो । जाडोका कारण धानको परालमा बेरिएर सुत्ने, पत्करको ओछ्यान बनाएर सुत्ने गरेको उनीहरुको भनाइ रहेको छ । स्थानीय स्तरमा रहेका स्वास्थ्य चौकीका अनुसार जाडोका कारण अति विपन्न दलित परिवारमा बिरामी बढ्दै गएका छन् ।

शितलहर र जाडोले श्वासप्रश्वास, दम खोकी, रुघा खोकी, हाडजोर्नीको दुखाइ, टाउको पेट दुखाइ, वान्ता र ज्वरोका बिरामीको चाप बढ्दै गएको जिल्ला अस्पताल उदयपुरका चिकित्सक बताउँछन । ‘विशेष गरेर अति विपन्न गरिब, दलित, दनुवार, समुदायका बिरामी बढेको बताए । त्यसमा पनि ‘सबै भन्दा बढी मुसहर समुदायबाट बिरामी आउन थालेक बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता