रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक बर्ष २०८१-०८२ को गत साउनदेखि पुस मसान्तसम्म अदालतबाट दोषी ठहर भएका २ सय ६४ जनालाई पक्राउ गरेको छ । रौतहट प्रहरीले आर्थिक बर्ष २०८१-०८२ को पहिलो ६ महिनाको प्रगति बिबरण सार्वजनिक गदै बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानबाट बिभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको छ ।
गत आर्थिक बर्षमा प्रहरीले पहिलो ६ महिनामा २ सय ६९ जना फरार अभियुक्तहरुलाइ पक्राउ गरि अदालत बुझाएको थियो । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाइ उच्च प्राथामिकतामा राखेर काम गरिराखेको र आउदा दिनहरुमा अझ धेरै संख्या बढने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिएका छन ।
यसैगरी गत साउन महिना यता रौतहट प्रहरीले २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैया मुल्य बराबरको सिमा क्षेत्रबाट चोरी निकाशीका समानहरु बरामद गरी गौर भन्सार कार्यालयमा बुझाएको रौतहट प्रहरी प्रमुख घिमिरेले जानकारी दिए । सो अबधिमा अबैध समान ओसार पसार गर्ने ६६ जना मानिस, १ सय ८ वटा मोटरसाइकल,२ थान पिकअप भ्यान,२ थान स्कारपियो गाडी,१४ वटा साइकल र ४ वटा सिटी रिक्सा समेत बरामद गरि गौर भन्सार कार्यालय बुझाएको उनले जानकारी दिएका छन ।यहि अबधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ६८ लाख २४ हजार ५ सय रुपैया राजस्व संकलन गरेको उपरिक्षक घिमिरेले बताएका छन ।
यसैगरी रौतहटमा पछिल्लो समय जबरजस्ती करणीको घटनाहरु घटेको उपरिक्षक घिमिरेले बताए । गत साउन देखी पुस सम्ममा रौतहटमा १३ वटा मात्रै जरबजस्तीका घटनाहरु दर्ता भएको र जसमा ६ वटा ६ वटा मुद्दा फछयौट गरेको समेत जानकारी दिए । अघिल्लो आर्थिक बर्षको पहिलो ६ महिनामा जबरजस्ती करणीको २१ वटा दर्ता भएको उनको भनाइ छ ।
यसैगरी यस छ महिनाको अबधिमा कर्तब्य ज्यानको ४ वटा मुद्दा मात्रै दर्ता भएको एसपी घिमिरेले जानकारी दिए । आर्थिक बर्ष २०८०-०८१ को पहिलो ६ महिनामा ९ वटा कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो । यस्तै यस अबधिमा ३८ वटा चोरीको मुद्दा,१५ वटा लागु औषधका मुद्दा,६ वटा हात हतियार खरखजना मुद्दा र ४ वटा मुद्रा सम्बन्धी मुद्दा दर्ता भएको समेत उनले जानकारी दिए ।
प्रहरीका अनुसार श्रोत नखुलेको १५ लाख रकम सहित ३ जना मानिस समेत यस अबधिमा पक्राउ परेका छन । त्यस्तै २ वटा स्कारपियो,२१ वटा मोटरसाइकल सहित २४ जना सवारी साधन चोरीको आरोपमा पक्राउ परेको समेत उनले जानकारी दिएका छन् ।
प्राकृतिक श्रोत सम्बन्धी रौतहट प्रहरीले ८२ लाख ८ हजार ७ सय मुल्य बराबरको १ सय १७ क्युफिट काठ,२३ वटा सवारी साधन बरामद गरि डिभिजन वन कार्यालय रौतहटलाइ बुझाएको समेत प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिएका छन् । अघिल्लो बर्षको तुलनामा रौतहटमा प्रहरीको संयम्ता र दुरदृष्टिको कारण पछिल्लो समय अप्रिय घटना हुन नपाएको प्रहरी उपरिक्षक घिमिरेले बताए ।