जीवनको तेस्रो घुम्तीमा मनीषा

पोखरा । अभिनेत्री मनीषा कोइरालाले आफू जीवनको तेस्रो घुम्तीमा रहेको बताएकी छन् । पोखरामा बिहीबारदेखि सुरु १२ औं लिटरेचर फेस्टिभलमा पत्रकार विजयकुमारसँग गफिदै उनले सो कुरा बताएकी हुन् ।

‘मेरो जीवनका तीन घुम्तीहरू छन्, जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्री । दोस्रो जब मलाई क्यान्सर भयो । मलाई थाहा थिएन, बाँच्छु वा मर्छु,’ उनले भनिन्, ‘अहिले म ५४ वर्षकी भएँ । मेरो कोशिस के छ भने नौलो जिन्दगी हुनेछ । मसँग यत्रो वर्षको भोगाइ, पीडा र सुखदुःखको एउटा अनुुभव छ । त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने ? भनेर अहिले तेस्रो घुम्तीमा छु ।’

उनले अगाडि भनिन्, ‘म जहिले जवान थिए, मसँग असाध्यै ऊर्जा थियो । त्यसैको प्रभावले कहिले निकै उचाइमा पुुगें, खस्दा पनि छर्लङ्ग नै खसें ।’

आफू क्यान्सरबाट पीडित हुँदा मृत्युुको बोध वा भयले घेरिएको स्मरण गरिन् । उनले भनिन्, ‘एक्लोपनले गिंजोलेको थियो । मृत्यु, मलाई लाग्छ हामी सबैको एक न एक दिन सत्य हुन्छ । कसैको छिटो, कसैको ढिला । तर, हामीले एक दिन भोग्नुु नै पर्छ । त्यसपछि मलाई लाग्यो कि मैले बाँच्न पाए भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोचेको थिएँ कि ल यस्तो, यस्तो, यस्तो गर्छु भनेर । बाँच्न पाए अहिले त्यही बाटोमा हिँडेर म हिँडिरहेको हुन्छु ।’

उनले अहिलेको समय जीवनको अन्तिम क्षण र अन्तिम दिनहरू भएको बताइन् । उनले जीवनको बोध सुनाइन्, ‘हरेक मान्छेहरूको सोच फरक हुन्छ । तपाईंसँग एकजना होस्, दसजना होस्, कोही नहोस् तर तिमी शान्त छौं भने केही हुँदैन । हामीलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौं । यसले माया गर्देला, मलाई दुःख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं । तर, उभियो भने ठीकै छ नउभिएपनि ठीकै छ नि त ! भनेर स्वीकार गर्न सक्नुुपर्छ ।’

उनले सिर्जनशीलतामा जोड दिनुपर्ने सुझाव दिइन् । राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटीदेखि नै राजनीति’bout सुन्दासुन्दा रुचि कम रहेको स्पष्ट पारिन् । उनले नेपाली सिनेमाको बजार राम्रो रहेको बताइन् । उनले भनिन्, ‘पूूर्णबहादुरको सारङ्गी’ भन्ने सिनेमा छ नि पहिलो ५० करोड बढी कमाउने । यो सुरुआत हो किनकि पहिलेपहिले नेपाली सिनेमाको बजेट र निर्माताले पाउने बजेट ३० लाखमात्रै हो । अहिले सय करोडमा पुगेपछि सम्भावनाको ढोका खुलेका छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेताको बैठक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?