रंगुन जलाधारको व्यवस्थापन गर्न ३ वटा पालिकाको ऐक्यबद्धता

रंगुन जलाधार स्तरीय जल सुशासन समितिको एकिकृत कार्यविधि बनाउन बसेको बैठक । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । “रंगुन जलाधार स्तरीय जल सुशासन समितिको एकीकृत कार्यविधि २०८१” जारीसहित कार्यान्वयन गर्न तीन वटा पालिकाहरु सहमत भएका छन । डोटी र डडेल्धुरा जिल्लाको भू भागभएर बग्ने रंगुन नदी अन्तरगत, जलाधार क्षेत्रको संरक्षण, सम्वद्र्धन र दीगो व्यवस्थापन गर्न स्थानीयतह सहमत भएका हुन । डडेल्धुराको परशुराम नगरपालिका, आलिताल गाउँपालिका र डोटीको जोरायल गाउँपालिका सहमत भएर कार्यविधि नै ल्याएका छन ।

परशुराम नगरपालिकाको कार्यालयले आयोजना गरेको जलाधार सुशासन समितिको तेश्रो बैठकबाट कार्यविधि पारीत भएको छ । कार्यविधि बुदामा रंगुन जलाधार क्षेत्रको संरक्षण र विकास गर्न, जल सम्बन्धि विवाद समाधान, पानीका मुहानको संरक्षणलगायतका रहेका छन ।

सिंचाई तथा जलाधार व्यवस्थापन, नदी र यसका जलाधार क्षेत्रको वातावरण स्वच्छता, वृक्षारोपण, सरसफाइ, फोहोरमैला व्यवस्थापन अभियान संचालन र नदी जन्य पदार्थहरुको उत्खनन्, व्यवस्थापन आदि पक्षहरुको व्यवस्थापन गर्न कार्यविधि तयार गरीएको हो । जलाधार क्षेत्रमा कार्यान्वयन गरीने कार्यमा परशुराम नगरपालिकाका तयार रहि कार्यविधि बनाईएको परशुरामका नगर प्रमुख एवं जलाधार व्यवस्थापन समितिका अध्यक्ष भरत वडायर जोशीले जानकारी दिए ।

यसका साथै सार्वजनिक पूर्वाधारको निर्माणका क्रममा रंगुन जलाधार क्षेत्रको प्राकृतिक श्रोतको संरक्षणका लागि दिगो विकासको अवधारणासहित तीन वटा पालिकाको ऐक्यवद्धता रहेको नगर प्रमुख जोशीले बताए । तीन वटै स्थानीयतह अन्तरगत एघार सदस्यीय सुशासन समिति, सल्लाहकार समिति, आवश्यकता अनुसार प्रत्येक चार महिनामा बैठक र कार्यकाल तीन वटै पालिको पालैपालो अध्यक्षता गर्ने परिकल्पना कार्यविधिमा उल्लेख छन ।

आगामी दिनमा रंगुन जलाधार सम्बन्धी कुनै कार्य गर्न आवश्यक परेमा सहकार्यसहित संगै मिलेर काम गर्ने सम्बन्धमा प्रतिबद्ध रहेको कार्यक्रममा सहभागी स्थानीय साझेदार संस्था (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदले बताए । रंगुनजलाधार क्षेत्र अन्तरगत स्थानीय तहहरु संगको समन्वय र सहकार्यमा अक्सफाम र रुडुकले संचालन गरेको जलाधार व्यवस्थापन परियोजनाले आवश्यक सहिजकरण सहयोग गरीरहेको छ ।

कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुनादेवी बोहरा, प्रमुख प्रशासकिय अधिकृत, योजना अधिकृत, आलिताल गाउँपालिकाका र परशुराम नगरपालिकाका वडा अध्यक्षहरु, गैर सरकारी संस्था, नागरीक समाज, जलाधार क्षेत्र अन्तरगतका विभिन्न खानेपानी, सामुदायिक वन, सिंचाई समिति प्रतिनिधिहरु, पानी तथा जलाधारको क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरु, अक्सफाम, रुडुक र ईमिको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेताको बैठक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने