मुगुको उच्च भेगमा हिमपात, बेसीमा वर्षा

मुगु । गएको पुष–माघ महिनादेखि हिमपात र पानी नपरेको मुगुमा फागुनको दोस्रो साता शुक्रवार बिहानैदेखि उच्च भेगमा हिमपात र बेसीमा वर्षा भइरहेको छ । लामो अन्तरालपछि हिमपात र वर्षा हुँदा स्थानीय खुसी भएका छन् ।

जिल्लामा गएका हिउँदका दुई महिना पुष–माघ पानी र हिमपात नहुँदा हिउँदे बाली गहुँ, जौ र उवाको खडेरीले बृद्धि विकास हुन सकेको थिएन, अब लामो खडेरीपछि पानी परेको छ । हिउँदे वालीका साथै बर्षे बालीका लागि पाखो बारीमा लगाइने धान, कोदो, काउनो जोत्न राम्रो हुने भन्दै यहाँका किसानहरु खुसी भएको बताइएको छ ।

मुगुको सदरमुकाम गमगढी र आसापासका क्षेत्रमा शुक्रवार विहानै देखि दिउँसोसम्म लगातार पानी परेको छ, भने जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । साथै जिल्लाको माथिल्लो क्षेत्र मुगुम कार्मारोङ्ग गाउँ पालिकाका वस्तीहरु दोल्फु, मुगु, ताखा, खारी, पुअ, रिउसलगायत छायानाथ क्षेत्रमा हिउँ परिरहेको कार्मारोङ गाउँ पालिका–६ का पेमा तोर्चे लामाले राजधानीलाई बताए ।

त्यस्तै सदरमुकाम गमगढीको छायानाथ रारा नगरपालिकाका वस्तीहरु श्रीनगर, कार्की वाडा, रोवा, पिना, ताल्च, तुममा पनि लगातार पानी परिरहदा मानवीय जनजीवनमा चिसोले कष्टकर बन्दै गएको छ ।

मुगुका लागि नेपालगञ्जवाट गरिने सवै नियमित उडान शुक्रवार अवरुद्ध भएको नागरिक उड्यन प्राधिकरण कार्यालय नेपागञ्जले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेताको बैठक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)