रौतहट । संघन सहरी तथा भवन निमार्ण आयोजना वीरगञ्जले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं.२, ३, ४ र ५ मा भएका बिकाशका बिभिन्न योजनाहरु सम्पन्न गरी हस्तान्तरण गरेको छ । शहरी बिकाश मन्त्रालय अन्र्तरगत संघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्जले हिजो शुक्रबार एक कार्यक्रमकाबीच चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजयकुमार काफ्लेलाई हस्तान्तरण गरेको हो ।
संघन सहरी तथा भवन निमार्ण आयोजना वीरगञ्जले बिभिन्न ४ वटा योजनाको निमार्णका लागि बिनायक–प्रजिल जेभी सुकुल ढोका भक्तपुरलाई ठेक्का लगाएको थियो । सो ४ वटा योजना सम्पन्न गर्नका लागि १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँको लागतमा विनायक–प्रजिल जेभी भक्तपुरले ठेक्का लिएको थियो ।
सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भए तापनि निर्माण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयाँमा सकार गरेको थियो । ४ वटा योजना मध्ये वाड नं. २ जुडिबेला प्रवेशद्वारबाट असनवा सम्मको ३ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे र सडकको दुबै तर्फ नाला निमाार्ण कार्य गरेको ठेकेदार कम्पनीका प्रतिनिधि इन्जिनियर मनिषकुमार सिंहले जानकारी दिएका छन् ।
यसैगरी वाड नंं ३ गैडाटारमा हाट बजारको सेड निमार्ण, वडा–४ टेकानटोलमा चार्जिङसहितको बसपार्क निर्माण र वडा नंं ५ मा ३ सय ५० मिटर नालासहित सडक कालोपत्रे गरेको उनले जानकारी दिए ।
कार्य सम्पन्नको पत्र बुझदै नगर प्रमुख काफ्लेले समयमा नै काम सम्पन्न गरिदिएकोमा निर्माण कम्पनीलाई धन्यबाद दिए । नगर प्रमुख काफ्लेले नव निर्मित बसपार्कको हिजो शुक्रबार नै उद्घाटन गरे । बसपार्क केही दिनभित्रै ब्यबस्थित रुपमा सञ्चालन गरिने नगर प्रमुख काफ्लेले बताए ।
सम्बन्धित समाचार









