चैत २४ गते दलाल दलतन्त्रको अन्त्य हुने प्रभु साहको घोषणा

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको कुकर्मका कारण गणतन्त्र बदनाम भएको टिप्पणी गरेका छन् । तेस्रो जनआन्दोलनको घोषणा गरेका साहले भ्रष्ट एवं दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक भिडियो अपिल जारी गर्दै उनले आउँदो २४ चैतमा दलाल दलतन्त्रको अन्त्य हुने घोषणा गरेका छन् । आजापाले २४ चैतमा काठमाडौंको भृकुटी मण्डपमा खबरदारी सभा एवं काठमाडौंमा प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा साहले जारी गरेको भिडियो अपिलमार्फत दलतन्त्रको अन्त्य नै वर्तमान संकटको समाधान भएको जनाएका छन् ।

‘आज दलाल दलतन्त्रले देश बेहाल छ । नेताहरुको कुकर्मले गणतन्त्र बदनाम छ । जनताको रगत पसिना चुसेर नेताहरु मोटाएका छन् । नेताका आसेपासे मालामाल छन्, जनता लचार छन्’, आजपा अध्यक्ष साहले भने, ‘कसैको अगाडी कहिल्यै नझुकेको हाम्रो गौरवशाली इतिहास आज दलालीले पोतिदैछ । नेपाली जनताको सपना खोसिएको छ ।’

केही गर्न बिदेशै जानुपर्ने बाध्यात्मक स्थिति शासकहरुले निर्माण गरेको आरोप उनले लगाए । पढनेदेखी रोजगारका लागि विदेशिने क्रम बढेको बताउदै यो सबै अवस्थाको सृजना शासनमा रहेका नेताहरुले निर्माण गरेको उनले बताए ।

‘केही गर्नका लागि विदेशै जानुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ । आश बोकेर विदेश जानेहरु आज लाश बनेर फर्किरहेका छन् । यतिमात्रै हैन आज हाम्रो अर्थतन्त्र डमाडोल छ, व्यापार घाटामा छ, नेताहरुको अत्याचार र भ्रष्टाचार बढेको छ । सुशासन सुनशास छ, विकास विलाएको छ, कर आतंक छ, महंगी आतंक छ । हाम्रो प्राकृतिक सम्पदाहरुको खुलेयाम विक्री र दोहन भईरहेको छ । जनता दिनदिनै बैदेशिक ऋणमा थिचिदैछन् । यि तमाम संकटको अन्त्यका लागि तपाई हामी अगाडी आउँनै पर्छ’, साहले भने ।

नागरिकलाई दास बनाउने र युवालाई लाश बनाउने यि पार्टी र नेताहरुबाट आश गर्नु भनेको ठुलो धोखा हुने उनले जनाएका छन् । जस्तो फ्याक्ट्री हुन्छ उत्पादन पनि त्यस्तै हुने बताउदै अहिलेको व्यवस्था नै लुटकारी भएको बताए । लुटकारी व्यवस्था रहेसम्म जनताको कल्याण नहुने र जनताको भविष्य पनि उज्जवल नहुने बताउदै उनले दलाल लुटकारी दलतन्त्रको बिरुद्धमा जनता सडकमा आउनुको विकल्प नभएको बताए ।

‘इतिहास साक्षी छ, हिजो पञ्चायती व्यवस्थामा पञ्चहरु मोटाए, आज दलतन्त्रमा दलका नेताहरु मोटाईरहेका छन् । त्यसैले जनता मोटाउन जनताको शासन चाहिन्छ । जनताको शासनका लागि दलतन्त्रको अन्त्य हुन आवश्यक छ । त्यसैले आजपाले आह्वान गरेको जनताको शासनका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन चैत २४ गते काठमाडौंको भृकुटी मण्डप जाऔं’ आजपा अध्यक्ष साहले भने ।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको सुनुवाई जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा कांग्रेस एक्लै चुनाव लड्ने