थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

काठमाडौं । थकाली समुदायको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पितृपूजक पर्व च्ह्योङ्जी तोरन्ल हिजो बुधबार (फाल्गुण २८ गते) बाट सुरु भएको छ । थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौंको प्राङ्गणमा सुरु भएको हो । प्रमुख अतिथि एवम् पूर्व केन्द्रीय अध्यक्ष बसन्त शेरचनले त्हस पुज लसि (तारा पूजा गरी) तारा खेलको विधिवत् उद्घाटन गरेका थिए ।

फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरनल्ह ३ दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए । “तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उनले भने, “आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् ।

तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुषहरु परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिलाहरु भने मौलिक वेशभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् ।

तारा पूजाआजा गर्दा त्हस पुज लव क्होइ (तारा पूजा गर्ने गीत) ले के भन्छ त ? यसलाई रामकृष्ण शेरचनले नेपाली भाषा समेतमा भावार्थ तयार पारेका छन् । युवा पिडीले मनन तथा ग्रहण गर्न र थकाली संस्कृतिविद्हरूलाई रायसुझाव उनले अनुरोध गरेका छन् ।

त्हस पुज लव क्होइ (तारा पूजा गर्ने गीत) स-
१. ङहैटुपे त्हसरि स्युटि त्हर्न खेपसि,
त्हस पुज लसिमु १
नेपाली भाषामा भावार्थ अर्थ यस प्रकारको छ:-
पाँच हातको तारालाई धुपी खेप्साएर
तारा पूजा गरेको छु १
२. हेर सोम क्हेमसि ट्हिनो सोम्तु सोर्सि,
त्हस पुज लसिमु १
तीन हेर लगाएर अक्षेता तीन पटक छरेर,
तारा पूजा गरेको छु १
३. क्यम्ची क्यमरू चे छेच्चे सोम्तु लसि,
त्हस पुज लसिमु १
जाँड तीन पटक छे छे गरी,
तारा पूजा गरेको छु १
४. कुइली न्हन्च्याङ चे छेच्चे सोम्तु लसि,
त्हस पुज लसिमु १
रक्सी तीन पटक छे छे गरी,
तारा पूजा गरेको छु १
५. सरस्याङ ए स्युटि ते चिमे म्हेन्दो फुल्सि,
त्हस पुज लसिमु १
चोखोपानीको धुपी र चिमेको फूलले,
तारा पूजा गरेको छु १

६. पार ए म्हेन्दो ते प्ह्रालि म्हेन्दो फुल्सि,
त्हस पुज लसिमु १
गुँरासको फूल र भिरमा उम्रेको प्ह्रालि फूलले,
तारा पूजा गरेको छु १

७. तिखु ए म्हेन्दो ते आमुल म्हेन्दो फुल्सि,
त्हस पुज लसिमु १
तिखु फूल र आमुल फूलले,
तारा पूजा गरेको छु १

(क) आट्हेन्म ट्हेन्सी मु, स्हेम्ब आट्हेन्म ट्हेन्सी मु
नपुकार्नेमा पुकारेको छु, नपुकार्नेमा पुकारेको छु !
(ख) थातोङ्कर स्ह्युब ए, ल्ह् लु च्हा ह्योमरी
थातोङ्करमा बिराजमान सबै नाग देवीदेवताहरू !
(ग) आट्हेन्म ट्हेन्सी मु, स्हेम्ब आट्हेन्म ट्हेन्सी मु
नपुकार्नेमा पुकारेको छु, नपुकार्नेमा पुकारेको छु !
(घ) प्हल्बुरी स्ह्युब ए, ल्ह् लु च्हा ह्योमरी
काठमाडौंमा बिराजमान सबै नाग देवीदेवताहरू !
(ङ) आट्हेन्म ट्हेन्सी मु, स्हेम्ब आट्हेन्म ट्हेन्सी मु
नपुकार्नेमा पुकारेको छु, नपुकार्नेमा पुकारेको छु !

नोट:- प्ह्रालि म्हेन्दो, तिखु म्हेन्दो र आमुल म्हेन्दो-
यी तीनवटा फूलहरू मुस्ताङ जिल्लाको करिब
१२ हजार फिटदेखि १५ हजार फिट सम्मको
ज्यादै अप्ठ्यारो भिरालो हिमाली भेकमा मात्र
पाईने महत्वपूर्ण र बहुमूल्य फूलहरू हुन् !!!

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी