आलिया भट्ट कान्स फिल्म फेस्टिभलमा

बलिवुड अभिनेत्री आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने भएको छ । 

आलिया भट्ट आफैंले कान्समा आफ्नो डेब्यूको पुष्टि गरेकी हुन् । आलियाले लगभग दुई वर्षअघि मेट गालामा डेब्यू गरेकी थिइन् । अब उनी आफ्नो सुन्दर लुकले कान्समा लाइमलाइट चोर्नेछिन् । उनी एक सौन्दर्य ब्रान्डको लागि रातो कार्पेटमा उपस्थित हुनेछिन् ।

बलिउडमा आफ्नो अभिनयबाट लोकप्रियता कमाइसकेकी आलियाले अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै ख्याति कमाइसकेकी छिन् । मुम्बईमा मिडियासँग कुरा गर्दै आलियाले भनेकी छन्- ‘म यसको लागि उत्सुक छु । हो, म कान्समा डेब्यू गर्दैछु । म धेरै उत्साहित छु ।’

७८औं कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४, २०२५ सम्म आयोजना हुनेछ ।

आलियाले हाल यशराज फिल्म्सको अल्फा र संजय लिला भन्सालीको लभ एण्ड वारमा काम गरिरहेकी छन् । उनको अल्फा यसै बर्ष रिलिज हुने छ भने लभ एण्ड वार २०२६ मा रिलिज हुने छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हमाल भन्छन् ‘धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउछु’