जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य

हिमालय पर्वतमालाको काखमा अवस्थित सुन्दर र जैविक विविधताले भरिपूर्ण देश हो– नेपाल । यहाँको अनुपम प्राकृतिक सौन्दर्य, उच्चहिमशिखर गहिरो उपत्यका र विविध पारिस्थितिक प्रणालीले यसलाई विश्वभर अद्वितीय पहिचान दिएको छ । तर, वर्तमान समय जलवायु परिवर्तनको बढ्दो असरले नेपालको प्रकृति र यहाँ बसोबास गर्ने मानव समुदायको भविष्यमा गम्भीर चुनौती खडा गरेको छ ।

भन्ने नै हो भने विशेषगरी यहाँका संवेदनशील पर्वतीय क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका छन् । जसले गर्दा यहाँको पर्यावरण, अर्थतन्त्र र सामाजिक संरचनामा दूरगामी प्रभाव पर्न थालेको छ । यो अर्थमा मुलुकमा जलवायु परिवर्तनका कारण पर्वतमा परेको असर, यसले मानवताको भविष्य ‘कसरी जोखिममा पारेको छ र यस चुनौती सामना गर्न के गर्न सकिन्छ ?’ भन्ने विषयमा विस्तृत चर्चा गरि“दै छ ।

जलवायु परिवर्तन विश्वव्यापी चुनौती बनेको छ । यसले प्राकृतिक प्रणाली, जैविक विविधता, मानवजीवन र अर्थतन्त्रलाई गहिरो प्रभाव पारेको छ । जुन नेपाल, हिमालयको कोखमा अवस्थित यो हिमाली देश, जलवायु परिवर्तनको प्रहारबाट विशेष रूपमा प्रभावित छ । विश्वको औसत तापक्रम वृद्धिको दरभन्दा पनि नेपालमा यसको प्रभाव बढी छ । यहाँका हिमालय, हिमनदी, नदीनाला र पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण अस्तव्यस्त हुँदै छन् । यसले नेपालको पर्वतीय समुदाय, कृषि, जलसंसाधन र भविष्यको विकासलाई गम्भीर खतरामा पारेको छ ।

यसर्थ मुुलुकमा जलवायु परिवर्तनको प्रभाव, हिमालयको भूमिका र मानवताको भविष्यका सम्भावना विश्लेषण गरिनेछ । २१औं शताब्दी मानव सभ्यताको इतिहासमा जलवायु संकटको युग बनेर उभिएको छ । जसलाई भन्ने नै हो भने विश्वव्यापी रूपमा वातावरणीय सन्तुलनमा आएको विघटनले विशेषगरी साना हिमाली मुलुकमा गम्भीर असर पारिरहेको छ । यसमा नेपाल, जुन विश्वको उच्च हिमाली भू–भागमा अवस्थित पर्वतीय देश हो । यहाँको प्राकृतिक प्रणाली, जीवजन्तु, मानव जीवनशैली र भावी पुस्तामा जलवायु परिवर्तनले गम्भीर चुनौती प्रस्तुत गरेको छ । यसरी देशको जलवायु विविधतापूर्ण छ ।

तसर्थ, देशको तापक्रमलाई अवलोकन गर्ने हो भने तराईदेखि हिमालयसम्म तीन प्रमुख भौगोलिक क्षेत्र तराई, पहाड र हिमालय रहेका छन् । जलवायु परिवर्तनले यी सबै क्षेत्रलाई असर गरे पनि हिमालयी क्षेत्रमा यसको प्रभाव सबैभन्दा विनाशकारी देखिन्छ । नेपालमा औसत तापक्रम वृद्धिको दर विश्व औसत १ दशमलव १ डिग्री सेन्ट्रीगेटभन्दा बढी रहेको अनुमान गरिएको छ । त्यसरी नै प्रतिदशक शून्य दशमलव ०५६ डिग्री सेन्ट्रीगेट रहेको छ । हिमालयमा यो वृद्धि अझै बढी छ । जुन हिमालयका हिमनदी पिघलेर संकुचित हुँदै छन् । उदाहरणका लागि सागरमाथा क्षेत्रको ग्लेसियरले १९६० देखि २३ प्रतिशत आकार गुमाएको छ ।

जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या होइन, यो समग्र मानवजातिको अस्तित्वसँग जोडिएको विषय पनि हो । वैज्ञानिकका अनुसार यदि वर्तमान ‘ग्रीनहाउस’ ग्यास उत्सर्जनको प्रवृत्ति यही गतिमा अघि बढ्यो भने आगामी दिन पृथ्वीको औसत तापक्रम २ देखि ४ डिग्री सेल्सियसले बढ्ने छ । जसको परिणाम विनाशकारी हुनेछ । जबकि राष्ट्रमा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगन्य योगदान गर्ने देश भए पनि यसले जलवायु परिवर्तनका प्रभाव तीव्ररूपमा महसुस गरिरहेको छ ।

जुन मुलुकमा देखिएको तापक्रम वृद्धि, अनियमित वर्षा, बाढीपहिरो प्रकोप, खडेरी, हिउँ पग्लिनु, कृषि उत्पादनमा गिरावटजस्ता घटना जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित छन् । देशमा औसत वार्षिक तापक्रम विगत दशकमा करिब ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको छ । यसमा पनि विशेषगरी उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर तराई क्षेत्रको तुलनामा दोब्बर रहेको छ । यसले हिमालमा रहेका हिउँ छिटो पग्लन थालेको छ । जसले ‘ग्लेसियर’ अर्थात् ‘हिमखाल्डा’ संख्यामा गिरावट ल्याएको छ ।

मुलुकमा जलवायु परिवर्तनको प्रभाव, हिमालयको भूमिका र मानवताको भविष्यका सम्भावना विश्लेषण गरिनेछ । २१औं शताब्दी मानव सभ्यताको इतिहासमा जलवायु संकटको युग बनेर उभिएको छ । जसलाई भन्ने नै हो भने विश्वव्यापी रूपमा वातावरणीय सन्तुलनमा आएको विघटनले विशेषगरी साना हिमाली मुलुकमा गम्भीर असर पारिरहेको छ

राष्ट्रको कुल भू–भागको ६८ प्रतिशत पहाड र हिमालले ओगटेको छ । यहाँका हिमनदी, गुफा, वनजंगल, जैविक विविधता र स्थानीय जीवनशैली जलवायुसँग प्रत्यक्ष गाँसिएको छ । जलवायु परिवर्तनले हिउँ पग्लने तीव्र गतिमा भइरहेको छ । यसमा पनि देशका प्रमुख हिमनदी, जस्तै ः इम्जा, खुम्बु, लामोङ, चोलोलगायत तीव्र रूपमा पग्लँदै गइरहेका छन् । यसका कारण नवगठित हिमतालमा पानीको मात्रा बढ्दै जाँदा ‘जीएलओएफ’को जोखिम पनि अत्यधिक बढेको छ । यदि, यी हिमताल विस्फोट भए भने तलका बस्तीमा ठूलो जनधन क्षति हुन सक्छ । फलतः मुलुकको मुख्य जलस्रोत नदी, झरना, कुवा र धारा–जलवायु परिवर्तनका कारण सुक्दै गएका छन् । विशेषगरी, मध्यपहाडी क्षेत्रका किसान सिँचाइका लागि पानी नपाउँदा उत्पादन घटेको छ ।

नेपाल जैविक विविधतामा धनी मुलुक हो । तर, बदलिँदो तापक्रम र वनस्पतिको समयपूर्व पतनले पशुपन्छी तथा वनस्पतिको बासस्थान सर्दै गइरहेको छ । यसमा पनि भन्ने नै हो भने कतिपय हिमाली वनस्पति र चराचुरुङ्गी लोप हुने खतरा बढेको छ । यसको साथसाथै देशको ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेका छन् । जसमा बेलाबेलामा हुने जलवायु परिवर्तनले कृषि प्रणालीमा प्रत्यक्ष असर पार्दा खाद्य सुरक्षामा संकट उत्पन्न भएको छ ।

त्यस्तै, मानव स्वास्थ्य, बसोबास, रोजगार, महिला तथा साना जातीय समुदायको जीवनमा पनि गम्भीर असर देखिएको छ । यसकारण अनियमित मौसमी चक्रले धान, मकै, गहुँ, तोरी आदि प्रमुख बाली उत्पादनमा गिरावट आएको छ । यसमा पनि बाढी र खडेरीका कारण बीउ नष्ट हुनु, मल र पानीको अभाव, किरा–फट्याङ्ग्रा अत्यधिक प्रकोपले किसान हतास भएका छन् । जलवायु परिवर्तनले डेंगु, टाइफाइड, झाडापखाला, फोक्सोको रोगजस्ता महामारी बढाएको छ ।

पहिले हिमाली क्षेत्रमा नदेखिने रोगसमेत देखापरेका छन् । जसमा पानीको अभाव, बाढीपहिरो र उत्पादन गिरावटका कारण पहाडी र हिमाली क्षेत्रबाट मानिस तराई वा सहरतर्फ बसाईसराइ सर्दै छन् । यसमा पनि विभिन्न जिल्लाका जलवायु शरणार्थी संख्यासमेत बढ्दै गएको छ । देशको अनौठो भौगोलिकस्वरूप विशेषगरी हिमालय पर्वत श्रेणीमा अवस्थित क्षेत्र, जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा छ । जुन विश्वव्यापी तापमान वृद्धिले यहाँको पारिस्थितिकी प्रणाली, जैविक विविधता, हिमनदी र स्थानीय जनजीवनमा गम्भीर असर पारिरहेको छ । जसरी राष्ट्रमा जलवायु परिवर्तनका कारण कृषि, पर्यटन, पानीको स्रोत, तथा मानव जीवनमा दीर्घकालीन प्रभाव देखिन थालेका छन् ।

निष्कर्षमा जलवायु परिवर्तन अब कल्पनाको कुरा होइन, यो वर्तमानको यथार्थ पनि हो । यसमा विशेषगरी नेपालजस्तो हिमाली देशका लागि यसको प्रभाव गहिरो र बहुआयामिक छ । मूलतः हिमाल पग्लँदै छन्, मानिस विस्थापित भइरहेका छन्, बालीनाली सुक्दै छन् । यी सबै घटनाले मानवताको भविष्य संकटमा पारिरहेको छ । यदि समयमै संयुक्त प्रयास गरिएन भने आगामी पुस्ताले जलवायु संकटको भयानक परिणाम भोग्नु पर्नेछ । त्यसैले वर्तमान पुस्ताले नै जलवायु परिवर्तन सुल्झाउने मार्गप्रशस्त गर्नुपर्छ । देशको भविष्य हिमालय र जलवायु स्थिरतामा निर्भर छ । जबसम्म जलवायु परिवर्तन रोक्न सकिने अवस्था छैन, तर यसको प्रभाव न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायले समन्वित प्रयास गर्नुपर्छ ।

हाम्रो पर्वत, हाम्रो संस्कृति र हाम्रो मानवताको अस्तित्व बचाउन एउटै साझा उद्देश्यले अगाडि बढ्नुपर्छ । यसका साथै नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष असरको सामना गरिरहेको छ । यसमा पनि विशेषगरी हिमालय क्षेत्रका हिमनदी पग्लिनु, अनिश्चित मौसम, तथा जैविक विविधता संकटले भविष्यमा गम्भीर असर पार्न सक्छ । त्यसकारण देशले जलवायु परिवर्तनको प्रभाव न्यून गर्नका लागि नीति तथा योजना निर्माण गर्नुपर्नेछ । यसमा पनि दीर्घकालीन रूपमा दिगो विकास तथा वातावरणीय संरक्षणमा जोड दिनु अत्यावश्यक छ ।

जुन मुलुकको प्राकृतिक सौन्दर्य, पर्वतीय जीवनशैली, तथा पारिस्थितिकी प्रणालीलाई सुरक्षित राख्नका लागि जलवायु परिवर्तनविरुद्ध प्रभावकारी कदम चाल्नुपर्छ । जसलेगर्दा नयाँ प्रविधि, नीतिगत प्रतिबद्धता र व्यक्तिगत जिम्मेवारीमार्फत सबैलाई जानकारी गराउनु पर्ने हुन्छ । अतः मुलुकले यदि आफ्नो पर्वतीय सम्पदा जोगाएर, स्थानीय समुदायलाई समृद्धि दिलाएर, जलवायु–सहिष्णु प्रणाली अपनायो भने, यो संकट अवसरमा बदलिन सक्छ । यो यात्रामा हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ ।
[email protected]

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार