विद्युतीय अपराध अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई साइबर अपराध (विद्युतीय अपराध) मुद्दामा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनलाई बुटवलबाट पक्राउ गरेको हो। बलात्कार पीडित युवती र उनको परिवारको पहिचान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभियोगमा पीडित पक्षले जाहेरी दिएका थिए। त्यसपछि जिल्ला अदालत रुपन्देहीले चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएपछि चौधरी फरार थिए। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। जिल्ला अदालत रुपन्देहीले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो। आदेशपछि इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई पत्राचार गर्दै चौधरीलाई पक्राउ गरी बुझाउन निर्देशन दिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार पक्राउपछि चौधरीमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।

स्रोत नखुलेको भारतीय रुपैयाँसहित सुनचाँदी व्यवसायी पक्राउ
कपिलवस्तुमा स्रोत नखुलेको करिब २ लाख भारतीय रुपैयाँ र चाँदीसहित दुई जना सुनचाँदी कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तौलिहवाको ठुलामा अशोक जेवर भण्डार सञ्चालन गर्दै आएका ३४ वर्षीय राहुल बर्मा र भारत उत्तर प्रदेशस्थित सिद्धार्थनगरको उस्का बजार निवासी ७८ वर्षीय ओमप्रकाश रहेका छन् ।

प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा कपिलवस्तु नगरपालिका–१, मस्जिद टोलबाट ओमप्रकाशलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट १ लाख ९६ हजार भारतीय रुपैयाँ र ५६२ ग्राम चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा ओमप्रकाशले उक्त रकममध्ये ९७ हजार ३ सय रुपैयाँ राहुल बर्माको भएको खुलाएका थिए, जसका आधारमा बर्मालाई पनि पक्राउ गरिएको हो।

बरामद रकममध्ये भारतीय ५ सय दरका ३९२ थान नोट नेपालमा प्रतिबन्धित श्रेणीमा पर्ने डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। ओमप्रकाशले भारतबाट सुनचाँदी ल्याई तौलिहवाका व्यापारीलाई बेच्ने गरेको खुलेको छ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम