योजना अधिकृतविरुद्ध सिसीटिभी फुटेजसहित कार्यवाहक मेयर प्रहरीमा

राजविराज । आफ्नै कार्यालयको योजना अधिकृत सहितका केही ब्यक्तिहरुले नगरपालिकाको विभिन्न फाँट र आफ्नो कार्यकक्षमा समेत पसेर तोडफोड र गाली गलौज गर्दै उपद्रव मच्चाएको भन्दै राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले कारवाहीको माग गर्दै उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएकी छिन ।

विहीवार वडाअध्यक्ष शशी चौधरी, जयनारायण मण्डल तथा सरसफाई कर्मचारी सहित जिल्ला प्रहरी कार्यालय पुगेकी कार्यवाहक मेयर परवीनले प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई उजुरी पत्र बुझाउँदै यस्त्तो माग गरेकी हुन ।

उनले उक्त कार्यमा संलग्न राजविराज नगरपालिका १५ घर भएका योजना शाखाका अधिकृत मनोज कुमार यादव, राजविराज नगरपालिका १३ का गजेन्द्र यादव र राजविराज नगरपालिका ९ का सुधिर यादव सहित ५–६ जनाको समुहमा आएका ब्यक्तिले अघिल्लो दिन साँझको समयमा कार्यालयमा बैठक वसेका वेला विभिन्न फाँट र आफ्नो कार्यकक्षमा प्रवेश गरी सर समान क्षतविक्षत बनाएको, टि–टेवल, गमला र पानीको जार तोडफोड गरेको र आफुलाई लक्षित गरी अभद्र गाली बचन प्रयोग गरेको उजुरीमा उल्लेख गरेकी छिन ।

घट्नाका बेला सिसीटिभी क्यामेरामा कैद भएका फुटेजहरु समेत पेन ड्राईभमा राखी बुझाइएको उजुरीपत्र मार्फत उनीहरुलाइ अविलम्व पक्राउ गरी सार्वजनिक भौतिक संरचनाको अनाधिकृत कब्जा, विनास एवं अपराधिक उपद्रव तर्फ कारवाही चलाउन माँग गरिएको छ ।

उजुरी मार्फत उनले आफ्नो सुरक्षा तथा अपराधिक गतिविधी गर्ने कर्मचारी सहितका ब्यक्तिहरुलाई अविलम्ब पक्राउ गरी मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६ बमोजिम कारवाही हुनु पर्ने माँग गरेकी छिन ।

उजुरीमा उनले गत वर्षको असार महिनामा सरसफाइकर्मीले काम गरेको १७ दिनको तलब बाँकी रहेको र योजना अधिकृत यादवल भुक्तानीमा बखेडा झिकेपछि करिब एकसय जना सरसफाईकर्मी काम छाडेर नगरपालिका कार्यालयको प्रवेशद्वार मै धर्नामा वसेको समेत उल्लेख गरेकी छिन । योजना अधिकृत यादव कै कारण सरसफाईकर्मी कार्यालयको प्रवेशद्वार मै कुचो थुपारेर काम रोक्दा नगरको सरसफाई कार्य समेत प्रभावित बनेको भन्दै उनले कार्यालयमा काम गर्ने वातावरणका लागी सुरक्षा सहितका व्यवस्था मिलाउन आग्रह गरेकी छिन ।

उनले कार्यपालिकाको निर्णयको समेत पटक–पटक वेवास्ता तथा अवज्ञा गरेका योजना अधिकृत यादवकै कारण नगरपालिकाको विभिन्न विकास निर्माण र योजनाहरु प्रभावित हुँदा प्राप्त बजेटको २० प्रतिशत रकम मात्र अहिले सम्म खर्च हुन सकेको बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारको ध्यान आनी र आईजीमा, बाढीपीडित अझै बेहालमा