काठमाडौं । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ५ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकामा सबै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं सो पदमा पुनः नियुक्त भएका हुन् । यसअघि पनि हुमागाईंले सो बोर्डको ४ वर्ष नेतृत्व सम्हालिसकेका छन् ।
आमसञ्चार माध्यम, बाह्य विज्ञापन (होर्डिङ बोर्डमार्फत), सामाजिक सञ्जालबाट हुर्नेविज्ञापनका साथै सभा, समारोह, चलचित्रघर, मेला महोत्सवमा हुर्नेविज्ञापनको अनुगमन तथा नियमन गर्न सरकारले २०७८ सालमा विज्ञापन बोर्डको गठन गरेको थियो । व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उच्च अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेको थियो ।
जसमा सर्वोत्कृष्ट अंक ल्याउन सफल हुमागाई ंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि सार्वजनिक संस्थान निर्दे शन बोर्डले लिएको खुला प्रतिस्पर्धामा नेपाल टेलिभिजनको महाप्रबन्धक बनेका हुमागाई ं २०७७ सालमा विज्ञापन बोर्डको अध्यक्षका लागि भएको प्रतिस्पर्धामा समेत सबै प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष नियुक्त भएका थिए ।
विज्ञापन बोर्डको अध्यक्षका रूपमा २० चैत २०७७ मा बोर्डको नेतृत्व सम्हालेका हुमागाईंले ४ वर्षमा विज्ञापन (नियमन गर्र्ने) नियमावली, २०७७ मा संशोधन गरी सञ्चारमाध्यमको बिलका आधारमा मात्र विज्ञापन एजेन्सीलाई विज्ञापनको रकम भुक्तानी गर्न ुपर्र्ने व्यवस्था मिलाएका थिए । जसका कारण विज्ञापन बजारमा रहेको चुहावट रोक्न उनले गरेको प्रयास निकै सफल रहेको मानिन्छ । उनले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी गरी नेपालमा पहिलोपटक विज्ञापन आचारसंहितालाई कार्यान्वयनमा ल्याएका थिए ।
उनले विज्ञापनको नियमनमा तीनै तहको सरकारको सहभागिताका लागि विज्ञापनको प्रदेश निर्दे शिका, २०८१ तथा स्थानीय तहको विज्ञापन ऐन, २०८१ को नमुना तयार गरी सातवटै प्रदेश तथा ७ सय ५३ वटै पालिकामा पठाएका थिए । होर्डिङ बोर्डमार्फत हुर्नेविज्ञापनमा करिब ३० अर्ब रुपैयाँ राजस्व गुमेको भन्दै हुमागाई ंले अघिल्लो कार्यकालमा त्यसमा हुर्नेविज्ञापनको अनुमति तथा राजस्व संकलन स्थानीय तह स्वयंले गर्न ुपर्र्ने कुरामा जोड दिएका थिए ।
सामाजिक सञ्जालमा हुर्नेविज्ञापनको विदेशी मुद्रा सटहीको सिफारिस नगरी कानुन नबनाई त्यस्तो सिफारिस नगर्र्ने अडानका कारण मुलुकबाट अर्बौ को विदेशी मुद्रा अपचलन रोक्न हुमागाईंले महत्वपूर्ण भूमिका खेलेको विज्ञापन व्यवसायमा संलग्न व्यक्ति बताउँछन् । विज्ञापनरहित नीतिका मस्यौदाकारसमेत रहेका हुमागाईंले यस क्षेत्रका विज्ञ मात्र नभई स्वदेशी सञ्चारमाध्यम जोगाउनुपर्छ भन्र्नेपक्षमा वकालत गर्दै आएका छन् ।
जनस्वास्थ्य ऐन, २०७५ मा मदिराको विज्ञापनमा लगाइएको प्रतिबन्ध नेपालको पक्षमा नरहेको जिकिर गर्र्ने हुमागाई ंकै कार्यकालमा नेपालमा मदिराको विज्ञापनमा रोक लगाइएको थियो । व्यक्तिगत रूपमा यो कानुनको विपक्षमा रहे पनि कानुन मान्नुपर्र्ने र कार्यान्वयन गर्र्ने स्थानमा बसेपछि कार्यान्वयन गराउनुपर्ने दायित्व आफूमा रहेको हुमागाई ंले बताउँदै आएका छन् ।
सञ्चार क्षेत्रमा करिब २७ वर्ष बिताएका हुमागाई ंले नेपाल टेलिभिजनका अतिरिक्त जनता टेलिभिजन तथा इमेज च्यानलको समेत नेतृत्व गरिसकेका छन् । आमसञ्चार तथा पत्रकारिता र जनप्रशासनमा स्नातकोत्तर, पत्रकारिता तथा आमसञ्चारमा दर्शनाचार्य गरेका उनले विज्ञापन नियमनकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन् ।
विज्ञापन बजार खस्किएको र सञ्चारमाध्यमको संख्यामा वृद्धि भइरहेका बेला बोर्डको कार्यकारी अध्यक्ष बन्न पुगेका हुमागाईंको आगामी ४ वर्षमा विज्ञापन बजारको विकास विस्तारका साथै व्यवस्थित बनाउन कस्तो भूमिका खेल्न सक्छन् ? त्यो भने चासोका साथ हेरिएको छ ।






